नेप्लिज  स्टुडेन्ट हेल्पिंङ ह्यान्ड्सको वार्षिक उत्सव सम्पन्न ,अध्यक्षमा मण्डल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेप्लिज  स्टुडेन्ट हेल्पिंङ ह्यान्ड्सको वार्षिक उत्सव सम्पन्न ,अध्यक्षमा मण्डल



नयाँ दिल्ली 

नेप्लिज  स्टुडेन्ट हेल्पिंङ ह्यान्ड्सले’ आफ्नो चौथो वार्षिक उत्सव तथा साधारण सभा आइतबार  साथ सम्पन्न गरेको छ। आई.टि.ओ स्थित राजा राम मोहन रोय मेमोरियल हलमा सम्पन्न भएको उक्त कार्यक्रममा भारत स्थित नेपाली दूतावास प्रतिनिधि, एन.आई.आर.सिका अध्यक्ष तथा पूर्व उपाध्यक्ष, विभिन्न सङ्घ-संस्थाका प्रमुख, सिए इंस्टिट्यूटका प्रतिनिधि, सिए विद्यार्थी र सिएहरुको उपस्थिति रहेका थिए ।

सिए विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली कला संस्कृति झल्किने सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई मध्य नजर गर्दै कार्यक्रममा आवत-जावतको लागि यातायातको समेत व्यवस्था गरिएको थियो।

उक्त कार्यक्रममा नि:वर्तमान अध्यक्ष विवेक विक्रम सिजापतिले हाल सम्म आईपुग्दा सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै आफू पदबाट बाहिर रहेर पनि आफ्नो दायित्व सधैँ गरी रहने बताएका थिए।

कार्यक्रममा विद्यार्थीहरूले नै भोटिङ मार्फत आफ्नो प्रतिनिधिहरू चुन्न पाउने व्यवस्था मिलाइएको थियो।उक्त सभाबाट कुश कुमार मण्डल अध्यक्षमा निर्वाचित भएका थिए। त्यसै गरी उपाध्यक्षमा सबिता अधिकारी, सचिवमा सुयश खरेल, सह-सचिवमा शिवम शाह, कोषाध्यक्षमा देव राज पन्त सहित १५ जना कार्यकारी समिति चयन गरिएको थियो।

कार्यकारी सदस्यहरूलाई सही र प्रभावकारी ढङ्गबाट परिचालन गर्न विभिन्न विभागमा विभाजन गरी जिम्मेवारी दिइने व्यवस्था समेत गरिएको छ। नव निर्वाचित  अध्यक्षले , ‘लक्ष्मीनगर सहित दिल्लीका विभिन्न स्थानमा रही अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको हक़-हित एवं समस्याहरूको समाधानको लागि स्थापना गरिएको यो सामाजिक संस्थाको अध्यक्षको पदमा निर्वाचित हुँदा धेरै खुसी तथा जिम्मेवारी बहन गरेको  र आउने दिनहरूमा विद्यार्थीहरूको समस्या समाधान एवं हक़-हितका लागि सधैँ लागि पर्ने बताए । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद र नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।’

कार्यक्रममा १००० बराबरको सहभागीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सिएको विभिन्न तहमा उत्तिर्णहरुलाई समेत पुरस्कृत गरिएको थियो।