नेपाल टेलिकमको दशैँ तिहार अफर यस्तो छ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपाल टेलिकमको दशैँ तिहार अफर यस्तो छ



नेपाल टेलिकमले दसैँतिहार तथा छठ पर्वलाई लक्षित गर्दै डाटादेखि एसएमएस सेवासम्म छुटको अफर ल्याएको छ। डाटा अफर जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकले डाटा लिई त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस पाउने व्यवस्था टेलिकमले गरेको छ।

असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १ सय एमबीको डाटा ५० रुपैयाँ र २५० एमबीको डाटा १०० रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। १०० एमबी डाटाको अवधि ५ दिन सम्म र २५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ। सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन सक्नेछन्।

नाइट डाटा अफर जिएसएम तथा सिडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराइने छ। सो अनुसार राति १० बजेदेखि बिहान ६ बजेसम्म ४० रुपैयाँमा ५०० एमबी र ८५ रुपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ। भ्वाइस कलमा छुट जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ । सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट १. ३५ रुपैयाँ र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ ।

उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराइने छ। एसएमएस अफर हाल जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क १ रुपैयाँ भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराइने छ।

स्थानीय टेलिफोनमा थप १०० कल निःशुल्क कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवाअन्तर्गत २ सय रुपैयाँमा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा असोज र कात्तिक महिनाको मासिक महसुल २ सयमा थप १ सय लोकल कल उपलब्ध गराइने कम्पनीले जनाएको छ। एडिएसएल, वाईम्याक्स, एफटिटिएच सेवामा अवधि थप गर्ने अवधि सकिने भोल्यूम बेस्ड तथा अल्टिमेटेड एडिएसएलका ग्राहकहरुलाई समय थप गरिने छ। वाईम्याक्स तथा एफटिटिएचका ग्राहकहरुको हकमा डाटा भोल्यूम बाँकी भएको तर अवधि सकिएको खण्डमा समय थप गरिने छ।

सो अनुसार दसैँको समयमा असोज २२ देखि असोज २८ सम्म अवधि सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म अवधि सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने छ। जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा एमपिओएस सिस्टमबाट १ सय र सो भन्दा माथिको दरको रिचार्ज गर्दा १० प्रतिशत टक टाइम बोनस उपलब्ध गराइने छ ।