धनि बने नेपाली: प्रतिव्यक्ति अाय १ लाख रूपैयाँ नाघ्यो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

धनि बने नेपाली: प्रतिव्यक्ति अाय १ लाख रूपैयाँ नाघ्यो



काठमाडाैं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्र ५.८९ प्रतिशतले बढेर ३० खर्ब रुपैयाँ पुग्ने अनुमान सार्बजनिक गरेको छ । बुधवार तथ्यांक सार्वजनिक गर्दै विभागले प्रति ब्यक्ति आम्दानी १ हजार डलर पुगेको जनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो ।

मध्यावधि समीक्षामा त्यसलाई घटाएर ६ प्रतिशतमा झारिएको थियो । विभागले भने ५.८९ प्रतिशतमात्र हुने विवरण सार्वजनिक गरेको छ । यसअघि अर्थमन्त्रालयले आर्थिक वृद्धि ६ प्रतिशत हाराहारी पुर्यािइदिन विभागलाई दवाव दिएको समाचार सार्वजनिक भएको थियो ।

विभागले साढे पाँच प्रतिशतभन्दा केही कम हुने जानकारी मन्त्रालयलाई गराएको तर मन्त्रालयले भने ६ प्रतिशत हाराहारी देखाउन दवाव दिएको थियो । एसियाली विकास बैंकले आर्थिक वृद्धि ४.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको थियो भने विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने जनाएको थियो । विभागले गत आर्थिक वर्षको वृद्धि दर ७.३९ प्रतिशत पुगेको जनाएको छ । यसअघि उसले ६.९ प्रतिशत पुगेको जनाएको थियो ।

यसपाली कृषिको वृद्धिदर २.८२ प्रतिशत र गैरकृषिको वृद्धिदर ७.१ प्रतिशतले बढेको छ । अब अर्थतन्त्रको कारण ३० खर्ब ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । धान र दलहन बालीको उत्पादन कम हुँदा आर्थिक वृद्धिमा असर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विद्युत र पानीजन्य क्षेत्र पनि कमजोर रहेको विभागले जनाएको छ ।

गत वर्ष १०५ डलरले बढेर ८६२ अमेरिकी डलर पुगेको नेपालीहरुको प्रति ब्यक्ति आम्दानीमा यसपाली थप सुधार आएको छ । केन्द्रीय तथ्यांक विभागले प्रति ब्यक्ति आय १००४ अमेरिकी डलर पुगेको विवरण सार्वजनिक गरेको छ ।