२५ सय नेपाली महिला साउदी पुर्याइए - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

२५ सय नेपाली महिला साउदी पुर्याइए



कान्तिपुर दैनिक :-

काठमाडौं – मानव तस्करहरुले अवैधानिक  रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा साउदी अरब पुर्याएका छन् ।

अधिकांश महिलालाई कुवेत हुँदै साउदी पुर्याइएको हो ।

समाचारमा लेखिएको छ, हाउसमेडमा पठाउन प्रतिबन्धित साउदीमा कुवेतका मानव तस्करले तेस्रो बाटो प्रयोग गरेर लैजाने गरेका छन् ।

साउदी सरकारले आफ्नो देशमा कार्यरत घरेलु महिला कामदारको यो तथ्यांक नेपाली दूतावासलाई एक महिनाअघि उपलब्ध गराएको थियो ।

कुवेतको आवासीय भिसा लगाई अस्थायी रुपमा साउदी पुर्याइएका महिला कामदारको संख्या भने यसमा समावेश छैन ।

कुवेत वा साउदीबाट फर्केका महिलालाई पुनः श्रमस्वीकृति गरी पठाइएको छ । कोम कार्कीले खबर लेखेका छन् ।