नेपालीलाई सम्बोधन गर्दै के भने सलमानले ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेपालीलाई सम्बोधन गर्दै के भने सलमानले !



सलमान खानले आफू अभिनीत नयाँ फिल्म ‘रेस ३’ हेर्न नेपाली दर्शकलाई आग्रह गरेका छन् । एक भिडियोमार्फत् ईदमा रिलिज हुन लागेका यो फिल्म हेर्न उनले नेपालीसँग आग्रह गरेका हुन् । सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’ को नेपाल प्रदर्शन अधिकार गोपीकृष्ण मुभिजले खरिद गरेको छ । भिडियोबाट सलमानले नेपालीलाई ईदको पनि शुभकामना दिएका छन् । उनको भारतसँगै नेपालमा पनि लोभलाग्दो फ्यान फलोइंग छ ।

नेपालबाट उनका हरेक फिल्मले करोडौंको कलेक्सन गर्दै आइरहेका छन् । उनका फिल्मले नेपालका मल्टिप्लेक्स र सिंगल स्कृन दुवैमा राम्रो कलेक्सन गर्ने गरेका छन् । १५ जूनबाट ‘रेस ३’ संसारभर प्रदर्शनमा आउँदैछ । रेमो डिसूजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको लिड रोल छ । रमेश तौरानी यस फिल्मका निर्माता हुन् ।

यो फिल्मसँग जुध्न यसपटक पनि नेपाली कुनै पनि फिल्म प्रदर्शनमा नआउने भएका छन् । बलिउडका तीन खान (सलमान, शाहरुख र आमिर) का फिल्म रिलिज हुँदा नेपाली निर्माताहरु असुरक्षित महशुस गर्दै कुना पस्ने परम्परा वर्षौदेखि चल्दै आइरहेको छ ।