नेपालीलाई प्रवासी मञ्चको बिदाइ - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

नेपालीलाई प्रवासी मञ्चको बिदाइ



ओम प्रकाश बानियाँ/दोहा, कतार

नेकपा एमालेको प्रवास भातृ सङ्गठन प्रवासी नेपाली मञ्च कतारले रास्टिय कमिटी सदस्य एवम् सास्कृतिक विभाग प्रमुख पुण बहादुर नेपालीको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।

सनैयाको एक रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा प्रवासी नेपाली मन्चका अध्यक्ष चानक पोख्रेल, पूर्व अध्यक्ष दिल किरण खुजुम, महासचिव, उपाध्यक्ष, सचिव लगायत प्रवासी मन्चका शुभचिन्तकहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

२००८ देखि निरन्तर रूपमा कतार बस्दै आउनु उहाँ डिसेम्बर १ तारिख आफ्नो कर्म भूमिलाई बिट मार्दै नेपाल फर्कन लाग्नु भएको हो । धेरै सालदेखि प्रवासी नेपाली मन्च कतारमा सक्रिय उहाँ गएकोमा प्रवासी नेपालीलाई धेरै घाटा भएको र उहाँको योगदान कहिले नबिर्सिने भन्दै पूर्व अध्यक्ष खुजुमले उहाँको प्रशंसा गर्नु भयो । उहाँलाई उद्घोषकले आफ्नो भनाई राख्न बोलाउदा आँखा भरि आशु बगाउनु भो र भन्नु भयो प्रवासी नेपाली मन्चले मलाई धेरै कुरा सिकायो तपाईहरुले म माथि गर्नु भएको यो माया सदा सदाको लागि रहने छ ।

त्यस्तै वर्तमान अध्यक्ष पोख्रेलले हौसला दिँदै भने अब तपाईँ मात्र होइन कम्रेड हामी पनि चाडैं नेपाल आउदैछौ । अब चाडैनै बाम गठबन्धनको सरकार बन्दैछ त्यसले हामीले अब कतारलाई होइन नेपाललाई बनाउने हो । दु:ख मनाउ नगर्नुहोस् । उनले फेरि थपे कम्रेड तपाईँ अत्यन्तै महत्त्वपूर्ण समयमा नेपाल जादै हुनुहुन्छ प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा लाग्नु होला तपाईँको क्षेत्र बाट बाम उम्मेदवारलाई जिताउनु होला भन्दै निर्देशन समेत दिए । प्रवासी नेपाली मञ्चको तर्फबाट उहाँलाई प्रशंसा पत्र, मायाको चिनो, नगद समेत प्रदान गरिएको थियो ।
उक्त कार्यक्रम प्रवासी नेपाली मञ्च कतारका महासचिव मुनाफ मियाले सञ्चालन गरेका थिए ।