नेपाली जहाज भारतमा अाकस्मिक अबतरण किन गरियो ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाली जहाज भारतमा अाकस्मिक अबतरण किन गरियो ?



काठमाडौं । काठमाडाैं अाउँदै गरेको नेपाल वायुसेवा निगमको जहाज अाकस्मिक अबतरण भएको छ । शुक्रबार दुबईबाट काठमाडौं आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा एक यात्रुले क्रु मेम्बर र अन्य यात्रुलाई दुर्ब्यबहार गरेपछि जहाजलार्इ इन्धिरा गान्धी विमानस्थलमा अाकस्मिक अबतरण गराउनु परेको हो ।

नेपाल बायुसेवा निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठका अनुसार बिहान १०ः३० मा काठमाडौ आइपुग्नुपर्ने जहाज अहिले ढिलो गरिमात्रै काठमाडौं आइपुगेको थियो ।

‘दुर्ब्यबहार गर्ने यात्रुलाई भारतको पुलिसको जिम्मा लगाएर निगमको जहाज अहिले काठमाडौं आइपुगेको छ, यात्रुको बारेमा भने हामीले थप जानकारी खोज्ने प्रयास गरिरहेका छाैं’ उनले भने ।