नेपालीहरुको लागि आयो खुशीको खबर :मोरङमा भेटियो पेट्रोलको खानी, सत्यतथ्य विवरण सार्वजनिक गर्न माग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपालीहरुको लागि आयो खुशीको खबर :मोरङमा भेटियो पेट्रोलको खानी, सत्यतथ्य विवरण सार्वजनिक गर्न माग



काठमाडौँ । मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । गौचरणमा प्रयोग भइरहेको पेट्रोल खानीमा पेट्रोल भए उत्खनन गर्न र नभए त्यही जग्गामा उद्योगधन्दा चलाउन स्थानीयले मोरङ–३ बाट निर्वाचित सांसद भानुभक्त ढकालसँग माग गरेका हुन् ।

पेट्रोलियम अन्वेषणका क्रममा ३५ वर्षअघि नेदरल्यान्ड सरकारको ‘सेल’ नामक कम्पनीले राधानगरमा तीन हजार पाँच सय मिटर गहिरो ड्रिल गरी १४ महिनासम्म अनुसन्धान गरे पनि अहिलेसम्म पेट्रोल निकाल्ने काम सुरु भएको छैन । पटकपटक लाखौँ रुपैयाँ खर्चेर अन्वेषण गरे पनि पेट्रोल निकाल्न नसकिएको हो । स्थानीय तहदेखि प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचनमा समेत चुनावी एजेन्डाका रूपमा रहेको सो खानीले जनतालाई अलमल्याइरहेको स्थानीयले बताएका छन् ।

पेट्रोल नभए त्यही जग्गामा उद्योगधन्दा खोल्ने वातावरण बनाउनुपर्ने स्थानीय रबिन थापाले बताए । पेट्रोलियम अन्वेषणसम्बन्धी चीन सरकारको ६ सदस्यीय टोलीले पेट्रोल खानीको अवलोकनसमेत गरिसकेको छ । भारतले गरेको नाकाबन्दीका वेला सुरु भएको पेट्रोल खानीबारे बहसमा नेताहरूले समेत चासो देखाएका छन् ।