लक्की शेर्पा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

लक्की शेर्पा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त



जेठ, ४ काठमाडौं 

 

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा नियुक्त भएकी छन् । मन्त्रिपरिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम शेर्पालार्इ राजदूत नियुक्त गरेकी हुन् ।

पहिलो संविधानसभामा एमालेको तर्फबाट सभासद् बनेकी शेर्पा दोस्रो संविधानसभा सुरू हुनअघि एमाअोवादीमा प्रवेश गरेकी थिइन् । एमाअोवादीमा शेर्पाको प्रवेशलाइ त्यतिबेला महत्वका साथ हेरिएको थियो। एमाअोवादीमा एमालेको ठुलै नेता प्रवेशले केही दिन चर्चा समेत बटुलेको थियो ।

यसअघि केपी शर्मा ओली सरकारको पालामा पनि शेर्पाको नाम राजदूतका लागि सिफारिश गरिएको थियो । तर, सरकार परिवर्तनसँगै शेर्पासहित १४ प्रस्तावित राजदूतको नाम फिर्ता भएको थियो ।

अंग्रेजी भाषामा दख्खलता भएकी शेर्पा  सन १९९९ मा बाणिज्य शास्त्रमा स्नातक र २००१ मा अर्थशास्त्रमा स्नातकोतर (एम.ए.) तहमा सर्बोकृष्ट अंक ल्याएर क्याम्पस प्रथम भएकी थिइन् । लक्की शेर्पा न्याय र समानता, मानवअधिकार, समावेशी लोकतन्त्र, विधिको शासनजस्ता अधिकारमुखी बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुमा सल्लाहकारको रुपमा सक्रिय छिन् ।