नेपालको बुइ चढेर चाइनालाई क्षेप्यास्त्र हान्दै भारतीय मिडिया - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपालको बुइ चढेर चाइनालाई क्षेप्यास्त्र हान्दै भारतीय मिडिया



नयाँ दिल्ली, १० भदौ 

राजकीय भारत भ्रमणमा रहेका प्रधामनन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीवार भएको भेटवार्ताबारे भारतका लगभग सबै दैनिक पत्रपत्रिकाले चिन बिरोधि समाचार लेखेका छन् ।

शुक्रवार प्रकाशित पत्रपत्रिकाले देउवा–मोदी भेटवार्ता एक अर्काको सुरक्षा चासोबारे केन्द्रीत भएको उल्लेख गरेका छन् ।

टाइम्स अफ इण्डियाले देउवा–मोदी भेटवार्ताको समाचार पेज नम्बर ९ मा छापेको छ । इण्डियन एक्सप्रेसले नेपालका प्रधामनन्त्रीले भारत बिरुद्ध कुनै गतिबिधि हुन नदिने बताएको समाचार लेखेको छ ।

दिल्लीबाट प्रकाशित हिन्दी भाषाका अखवारहरुले भने सनसनीपूर्ण समाचार लेखेका छन् । दैनिक जागरणको समाचार शीर्षक छ– ‘नेपालमे नही गलेगी चीनकी दाल ।’ नेपालका प्रधानमन्त्रीसँग मोदीले ‘गर्माहट’ बार्ता गरेको सो अखवारले लेखेको छ ।

जागरणले गतबर्ष तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समयमा पनि सोही शीर्षकमा समाचार लेखेको थियो ।

हिन्दी भाषाको अर्को अखवार अमर उजालाले ‘भारत बिरोधी गतिविधी नही होने देगा नेपाल’ शीर्षकमा समाचार लेखेको छ । भारतले नेपाललाई सहयोग गर्दा चीनको होस उडेको उसको टिप्पणी छ ।

हिन्दुस्तान दैनिकमा ‘शिष्टाचार से रिस्ताें मे गर्मजोशी’ शीर्षकको समाचार लेखेको छ । बक्समा ‘मोदीले गिलास भरे, सुष्माले पिलाइन पानी’ लेखेको छ । हिन्दी भाषामा प्रकाशित समाचारले सनसनीपूर्ण शीर्षक राखेर चीनको बिरोध गरेको पाइन्छ । पत्रपत्रीकाको सहयोगमा