नेपालले कुन कुन टिमसित खेल्दैछ वर्ल्डकप - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपालले कुन कुन टिमसित खेल्दैछ वर्ल्डकप



काठमाडौंः आइसिसि एकदिवसीय विश्वककप क्रिकेटको छनोटमा पुगेको नेपालले समूह चरणमा अफगानिस्तान ,हङकङ , जिम्बावे र स्कटल्यान्डसँग खेल्ने भएको छ।

बिहिबार भएको आइसिसि विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता भएको नेपालले आगामी महिना जिम्बावेमा हुने एकदिवशिय विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत समूहगत चरणको खेलमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्डसँग खेल्ने पक्का भएको हो।

मार्च ५ देखि २५ सम्म हुने उक्त क्वालिफायरमा टेष्ट मान्यता प्राप्त राष्ट्रहरु वेष्ट इन्डिज, जिम्वाब्वे, अफगानिस्तान, आयरल्याण्डसँगै डब्लुसिएलको शीर्ष चार स्थानमा रहेका नेदरल्याण्ड्स, स्कटल्याण्ड, हङकङ र पपुवान्युगिनी समेत छन्।

नेपाल र युएईले पनि क्वालिफायरमा स्थान बनाएपछि अब कूल १० राष्ट्रबीच सन् २०१९ मा इंगल्याण्डमा हुने वान डे वर्ल्ड कपमा आवश्यक दुई स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

अहिले क्वालिफायरको समूह ए मा आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र वेष्ट इन्डिज छन्। यस्तै समूह बी मा जिम्बाब्वे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन्। छनोटबाट उत्कृष्ठ हुने २ टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्न छानिनेछन्।

सन् २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी एकदिवसीय वरियतामा इंग्ल्याण्ड बाहेक उत्कृष्ट ७ टिम स्वतः छनोट हुने आईसीसीको ब्यवस्था अनुसार इंग्ल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका बिश्वकप खेल्न छनोट भइसकेका छन्।