नेपाल सामु क्यानडाको १९५ रनको लक्ष्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाल सामु क्यानडाको १९५ रनको लक्ष्य



आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । नामिबियाको विन्डोहक मैदानमा अहिले भइरहेको खेलमा नेपालले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएको थियो ।

सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ ।क्यानडाले सम्पूर्ण ओभर खेल्दै ८ विकेटको क्षतिमा १९४ रन बनाएको हो । खेलमा नेपालका बसन्त रेग्मीले सर्वाधिक ४ विकेट लिएका थिए भने सन्दिप लामिछानेले २ विकेट, करन केसी र शरद भेषवाकरले समान १र१ विकेट लिएका हुन् ।

क्यानडाका लागि सर्वाधिक श्रीमन्थ विजेरत्नेले १०३ रनको योगदान दिए । उनले १५२ बलमा ८ चौकासहित नटआउट १०३ रन बनाए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् ।