नेपालको परम्परा र संस्कृति लोप हुँदै जानु दुखद: महानायक हमाल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपालको परम्परा र संस्कृति लोप हुँदै जानु दुखद: महानायक हमाल



काठमाण्डौ । महानायक राजेश हमालले केपी शर्मा ओली प्रधानमन्त्री बन्न लायक नेता भएको बताएका छन् । अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुपर्ने तर्क हमालले गरेका हुन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा हमालले राष्ट्रियतामा अडिग र निर्णायक नेताको रुपमा ओली स्थापित हुन सकेकाले प्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्ने बताएका हुन् ।

पछिल्लो समय निर्णायक भूमिका खेल्न सफल देखिएका ओलीको नेतृत्वमा सरकार बन्न सके देश परिवर्तनको बाटोमा जाने हमालको दाबी थियो ।फरक प्रसङ्गमा हमालले नेपालको परम्परा र संस्कृति लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

नेपालको संस्कृति भुलेर विदेशी संस्कृतिमा अहिले पुस्ता रमाएको प्रति हमालले चिन्ता व्यक्त गर्दै स्वदेशी संस्कृति नभुल्न सुझाब दिएका छन् ।
आफू बाल्यकालदेखि नै विदेशी परिवेशमा हुर्किएको भए पनि अब आफ्नै संस्कृतिलाई अंगाल्ने उनले बताए ।

“आफू आधुनिक परिवेशमा हुर्किए पनि पुरानो पहिचान र संस्कृतिमा फर्किएको छु । दौरा सुरवाल, ढिडो, गुन्दु्रक अगाल्न थालेको छु ।” हमालले भने ।

सन्तान चाँहिदैन भन्ने धमलाको प्रश्नमा हमालले भने, “अहिलेको समयमा ऋषि धमला र राजेश हमाल छ, २ सय वर्ष पछि जो पनि हुन सक्छ । हाम्रै पुस्ता चाहिन्छ भन्ने छैन ।”