नेपाल जुनियर तथा युवा रेडक्रसको ३८ औँ राष्ट्रिय गोष्ठी सुरु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपाल जुनियर तथा युवा रेडक्रसको ३८ औँ राष्ट्रिय गोष्ठी सुरु



लोकेन्द्र रावल

टीकापुर :नेपाल जुनियर तथा युवा रेडक्रसको ३८ औँ राष्ट्रिय गोष्ठी शनिवारबाट टीकापुरमा सुरु भएको छ । टीकापुरको कर्णाली माबिमा सुरु भएको गोष्ठि आजसम्म चल्ने छ ।जुनियर तथा युवा रेडक्रस समिति का केन्द्रीय समितिका सभापति सपुतबहादुर कार्कीको अध्यक्ष्तामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा रहनु भएको थियो । विशिष्ट अतिथिमा प्रदेश नं. ७ का सांसद डाक्टर रण बहादुर रावल रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि थापाले जुनियर तथा युवा रेडक्रसल सर्कलले गरेको कामको प्रशंसा गर्नुभएको छ । उहाँले नेपाल रेडक्रसको नेतृत्व पनि जुनियर रेडक्रसबाट नै आएको बताउनुभयो । ‘जुनियर र युवा रेडक्रसलाई समेट्नुपर्छ ,’ थापाले भन्नुभयो ,’ ‘रेडक्रस भनेको सबैको आशाको केन्द्रबिन्दु हो । यो आशा लाई अझैं राम्रो गर्नका लागि एकजुट भएर लाग्नुपर्छ ।’‘रेडक्रसले असहाय र दुखीका निम्ति काम गर्ने भएकाले हरेक रेडक्रसकर्मी मानवतासँग जोडिएको छ ।’ थापाले भन्नुभयो ।

मानवतासँग जोडिएका हरेक रेडक्रसकर्मीको भूमिका अहम् छ भन्दै उहाँले सङ्गठन बिस्तारमा महत्त्वपूर्ण भूमिका खेल्न सबैलाई प्रेरणा मिलोस् भन्नुभयो ।विशिष्ट अतिथि रहनुभएका प्रदेश सांसद डाक्टर रणवहादुर रावलले रेडक्रस विश्वमा सम्मानित संस्था हो भन्नुभयो । ‘रेडक्रस भन्नासाथ मानवता र स्वास्थ्यसँग सम्बन्धित छ,’ डाक्टर रावलले भन्नुभयो ,‘ मानव जातिलाई समस्या परेका बेला पूर्ण तया समर्थनका साथ सेवा पु¥याउने संस्था हो रेडक्रस हो । ’

प्रदेश सांसद उमादेवी वादी, टीकापुर नगरपालिकाका उपमेयर केशरी विष्ट, नेपाल रेडक्रस सोसाइटी का उपाध्यक्ष सुरेन्द्रसिंह ऐर, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्खा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका सभापति एंब केन्द्रय सदस्य उत्तमराज जोशी,आइसीआरसीका प्रतिनिधि रमेश पौडेल,आइएफआरसीका जुजा किम र नर्वेजियन रेक्रसका युवा प्रतिनिधि क्यामिला र थानुयिया लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।

धन्यवाद ज्ञापन विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले गर्नुभएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर शाहले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सोही विद्यालयमा अध्ययनरत छात्र शिखर रोकाया र छात्रा यशोदा विष्टले गर्नुभएको थियो ।गोष्ठीमा ५५ जिल्लाबाट जुनियर तथा युवा प्रतिनिधिहरू, शिक्षक नायक तथा केन्द्रीय पदाधिकारीहरू एवम् समितिका सदस्य, दातृ निकायका प्रतिनिधिहरू जिल्ला तथा संर्कलका प्रतिनिधिहरू, कर्मचारीहरू सहभागी छन् ।