नेपाल र चीनबीच तीन महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपाल र चीनबीच तीन महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर



३१ साउन, काठमाडौं ।

चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको क्रममा तीन मुख्य विषयमा सम्झौता हुने भएको छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान सहयोग सम्झौता हुँदैछ । आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि सम्झौता हुने छ ।
पेट्रोलियम पदार्थ, ग्याृस र खानी अन्वेषणका लागि चीनले सर्वेक्षण गर्नेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर हुँदैछ । यसका साथै नेपालमा चिनियाँ लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा समेत नेपाल र चीनले हस्ताक्षर गर्नेछन् ।

चीनले डोक्लामा मुद्दामा नेपालको तटस्थता कायमै रहोस् भन्ने चाहना राखेको छ । जानकार कूटनीतिक स्रोतका अनुसार, नेपालले डोक्लाम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रुपमा लिएको छ ।

नेपालले डोक्लाम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोक्लाम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरुले बताए