नेपाल-भारत सम्बन्ध बिगार्नु हुदैन :राजदुत उपाध्याय - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेपाल-भारत सम्बन्ध बिगार्नु हुदैन :राजदुत उपाध्याय



हिमाल पोस्ट /नयाँ दिल्ली,असोज ७ 

सदियौ देखि रहेको नेपाल- भारत सम्बन्ध कहिल्यै बिगर्न नहुनेमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बताएका छन्  ।

भारतको राजधानी नयाँ दिल्ली स्थित कन्ष्टिच्युस्नल क्लबमा आयोजित नेपाल-भारत सम्बन्धको वर्तमान स्थितिमा विपी  कोइरालाको  विचार विषयमा आयोजित संवाद कार्यक्रममा राजदूत उपाध्यायले भूगोल, इतिहास, संस्कृति र सभ्यता परिवर्तन हुन नसक्ने भन्दै दुवै देशका नागरिक एकै ऋषिमुनिका सन्तान भएकाले दुवै देशबीचको सम्बन्ध पनि बिग्रन नहुने बताएका हुन्  ।

बीपी चिन्तन प्रतिष्ठान भारतको आयोजना र बीपी कोइराला इण्डिया नेपाल फाउन्डेशनको सह आयोजनामा गरिएको संवाद कार्यक्रममा भारतीय राष्ट्रिय काँग्रेसका नेता डाक्टर करन सिंहले दुवै देशका युवा पीढिले नेपाल-भारतबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउनु पर्ने बताएका थिए ।

नेपाल-भारतबीच ऐतिहासिक सम्बन्ध रहेको भन्दै सिंहले सम्बन्धको इतिहासलाई अध्ययन गरेर दुवै देशका युवाहरुले अझै प्रगाढ गर्नुपर्ने बताए  ।  बीपी कोइरालाको ईतिहास केलाउदै सिंहले बीपी कोइरालाले नेपाल-भारत दुवै देशको स्वतन्त्रता संग्राममा लडेको बताए  । बीपीले भारतमा ब्रिाटिश साम्राज्य र नेपालमा राणा शासनलाई हटाउन लडेको स्मरण समेत गरे  ।

समारोहमा भाजपाका वरिष्ठ नेता डा अनिल जैनले नेपाल भारत सम्बन्ध निकै सामिप्य भएका कारण बेला-बेला मनमुटाव हुने स्वाभाविक रहेको बताएका थिए । कुनै एक परिवारमा भाईले अर्को भाईलाई केही भन्दा छिट्टै मन दुख्ने उदाहरण दिदै सम्बन्ध प्रगाढ भएका कारण बेला-बेला मनमुटाव हुने बताए  ।

बीपी पुत्री एवं बलिवुड नायिका मनिषा कोइरालाले नेपाल-भारत सम्बन्धसँधै आत्मिय हुनुपर्नेमा बताईंन । कार्यक्रम संयोजक सन्दिप रानाले अहिले नेपाल-भारतबीच सम्बन्ध दिल्ली-काठमाडौंमा केन्द्रीत भएकाले चारैतिरका सीमाबाट जनता-जनताबीच सम्बन्ध स्थापित हुनुपर्ने जोड दिएका थिए  ।

बीपी चिन्तन प्रतिष्ठानका संस्थापक हरिबोल भट्टराई, बीपी चिन्तन प्रतिष्ठानका नवराज गुरुङ र राजतीनिक एवं आर्थिक विश्लेषक अच्युत वाग्लेले बीपीको जीवनी र वर्तमान नेपाल-भारत सम्बन्धबारे प्रकाश पारेका थिए ।  नेपाल-भारतको सम्बन्ध सुधारमा यस किसिमको कार्यक्रम कोसे ढुङ्गा साबित हुने बताइएको थियो ।