नेकपा एमाले द्वारा राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने मापदण्ड तयार !

January 12, 2018
6 Views
Spread the love

काठमाडौ। नेकपा एमालले राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने मापदण्ड तयार पारेको छ । मापदण्ड अनुसार यसअघिका तीनवटा निर्वाचनमा उम्मेदवार नभएको व्यक्ति हुने पर्ने छ ।

एमालेले यस वर्ष सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन उम्मेदवार नबनेका एवं समानुपातिक सूचीमा नाम समावेश नभएका व्यक्तिलाई मात्र राष्ट्रियसभा चुनावका लागि उम्मेदवार बनाउन भएको छ ।

एमाले सचिवालयको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिस विधि तय गरेको एक नेताले जानकारी दिए ।

एमाले माथिका मापदण्ड बाहेक अरु जस्तैसंविधानको बमोजिम योग्यता पुगेको, पार्टीमा लामो योगदान गरेको, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको पनि हुनु पर्ने बताएको छ ।

त्यसैगरी, थप मापदण्डमा भौगोलिक र सामाजिक सन्तुलन, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु उम्मेदवार बन्न सक्ने व्यक्तिलाई राष्टियसभा सदस्यका लागि उम्मेदवार बनाउने भएको छ । यी मापदण्डका आधारमा आगामी माघ ५ गतेभित्र उम्मदेवारहरुको नाम सिफारिस गर्नुपर्नेछ । प्रदेश संगठन कमिटीले नाम सिफारिस गर्नुपर्ने छ ।

त्यस्तै, राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलका सदस्यहरुलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा एमाले प्रशिक्षण दिने भएको छ । प्रशिक्षण दिने व्यवस्था सम्बन्धित प्रदेश संगठन कमिटीले मिलाउनुपर्ने एमाले सचिवालयको बैठकले निर्णय गरेको छ ।

Facebook Comments

You may be interested

गल्ती नगरेको भए किन भागे सिलवाल ? (रिपोर्ट)
विचार/लेख
0 shares10 views
विचार/लेख
0 shares10 views

गल्ती नगरेको भए किन भागे सिलवाल ? (रिपोर्ट)

himal post - २०७४, ५ माघ १०:५९

किङ खनाल ललितपुर १ बाट चुनाव जितेर प्रतिनिधि सभाको सांसद बनेका नवराज सिलवाल यति बेला फरार छन् । उनले प्रहरीको…

सीके राउत प्रहरीद्वारा घेरा हाली पक्राउ
समाचार
0 shares3 views
समाचार
0 shares3 views

सीके राउत प्रहरीद्वारा घेरा हाली पक्राउ

himal post - २०७४, ५ माघ १०:५०

काठमाण्डौ । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई आज फेरी प्रहरीले पक्राउ गरेको छ । राउतलाई धनुषाको माथाबजारस्थि डेरामा बसिरहेका…

भारतमा अज्ञात समुहको गोली लागेर मृत्यु भएका आशुतोषको शव नेपाल पठाईयो !
प्रवास
0 shares4 views
प्रवास
0 shares4 views

भारतमा अज्ञात समुहको गोली लागेर मृत्यु भएका आशुतोषको शव नेपाल पठाईयो !

himal post - २०७४, ५ माघ १०:०६

अर्जुन खनाल /नयाँ दिल्ली भारतको नोएडामा  रुपन्देहीका आशुतोष  माथि अज्ञात समूहद्वारा   गोलि हानि हत्या गरिएको जनाकारी पश्चात मुल प्रवाहाका ठाकुर…