नेजस नर्वेका बरिष्ठ उपासभापतीलाई विदाई - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेजस नर्वेका बरिष्ठ उपासभापतीलाई विदाई



नर्वे : नेपाली जनसंपर्क समिती नर्बेका बरिष्ठ उपासभापती  सुदिप राज पाण्डेलाई  नेपाली जनसंपर्क समिती नर्बेका पदाधिकारी , सल्लाहाकार बिच गत शनिबार विदाई   गरिएको छ।

करिब आठ बर्षको नर्बे बसाई पुरा गरी बरिष्ठ उपसभापती  सुदिप राज पाण्डे  नेपाल फर्कदै छन् । नेपाली जनसंपर्क समिती नर्बेको स्थापना गर्न देखी समितीलाई आजको उचाई सम्म पुराउन पाण्डेले  खेलेको  भूमिकाबारे चर्चा गर्दै नेजस  नर्बेका सभापति  जितेन्द्र बिक्रम शाहीले समितिको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

उक्त बिधाइ समारोहमा समितिका सल्लाहाकारज्यूहरु  शालिग्राम अर्याल, कुमार लामा,  दीपेन्द्र अर्याल, लगायत समितिका उपाध्यक्षहरु केशव पुरी,  मधुसुधन पौडेलले पाण्डेको प्रसंसा गरेका थिए । बरिष्ठ उपासभापती  पाण्डे, समितिको पहिलो अधिबेशनबाट बरिष्ठ महामन्त्री हुँदै दोश्रो अधिबेशनमा निर्बिरोध बरिष्ठ उपासभापतीमा निर्बाचित  भएका थिए ।

सरल र मिजासिलो स्वाभावका पाण्डे नर्बेमा रहेका सबै नेपाली र नेपाली समाज बिच उत्तिकै लोकप्रिय थिए ।