नेजस भारतको वाराणसी शाखा गठन ,नेविसंघको अन्तरक्रिया कार्यक्रम  सम्पन्न  - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेजस भारतको वाराणसी शाखा गठन ,नेविसंघको अन्तरक्रिया कार्यक्रम  सम्पन्न 



वाराणसी/भारत 

नेपाली जन सम्पर्क समिति भारतको मातहतमा वाराणसी शाखाको गठन भएको छ ।  नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतको उपस्थितिमा समितिका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य  बाल कृष्ण पाण्डेद्वारा  तदर्थ  समितिको गठन गरिएको छ ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघका अध्यक्ष नैन सिंह महर र महामन्त्री सरोज थापा लगायत नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्यहरु र विद्धानहरुको भेलामा निम्नबमोजिम समिति गठन  गरिएको छ  ।

संयोजक डा. गोपाल प्रसाद अधिकारी, सदस्यमा  प्रो. हरिप्रसाद अधिकारी,  डा. कमल नयन रिजाल, आचार्य ,देवनायक न्यौपाने,   नारायण प्रसाद निरौला,  प. शिवप्रसाद सापकोटा, सदस्य प. कमलप्रसाद शर्मा,  सिता घिमिरेज्यू सहितको कार्य समिति गठन गरिएको हो  । समितिका केन्द्रिय अध्यक्ष तथा नेपाली काँग्रेसका केन्द्रिय आमन्त्रित सदस्य  बाल कृष्ण पाण्डेले समितिको काम र कर्तव्यको बारेमा जानकारी गराउनुका साथै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले सबैलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामनादिएका थिए  ।

नेपाल विद्यार्थी संघ वाराणसीद्वारा अन्तरक्रिया कार्यक्रम  सम्पन्न 

नेपाल विद्यार्थी संघ वाराणसी शाखाका अध्यक्ष  सुर्य न्यौपानेको अध्यक्षतामा “नेपाल भारत सम्बन्धका आयामहरु र वर्तमान सन्दर्भमा नेपाल विद्यार्थी संघको भूमिका” विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत   रहेका थिए  ।

प्रमुख अतिथि महतले दुवै देशको सम्मानजनक ढङ्गले वार्ताद्वारा देखिएका समस्याहरुलाई हल गर्दै साँस्कृतिक, धार्मिक लगायतका विभिन्न आयममा काम गर्दै विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको बताए  । विशिष्ट अतिथि नेपाली काँग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा नेपाली जन सम्पर्क समिति भारतका अध्यक्ष  बाल कृष्ण पाण्डेले प्रवासी नेपालीहरुका समस्या, समाधान विद्यार्थीहरुका समस्या लगायतका विषयमा सम्बोधन गरेका थिए  ।

ने.बि संघका अध्यक्ष नैन सिंह महरले विद्यार्थीले गर्नुपर्ने भूमिकाको बारेमा प्रष्ट परेका थिए  । महामन्त्री सरोज थापाले विद्यार्थीहरुको भूमिकाको बारेमा प्रस्ट पर्दै उनीहरु समाजका मेरुदण्ड भएको बताएका थिए  । अन्य वक्तामा गोपालप्रसाद अधिकारी, मदन भण्डारी, प्रेम साही, चन्द्र बिक, शैलेन्द्र शर्मा पौडेल, पदम भट्टराई तथा गिरु न्यौपानेको उपस्थिति रहेको थियो ।