स्वर्गीय दुर्गाको परिवारलाइ एनबिआर को सहयोग - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्वर्गीय दुर्गाको परिवारलाइ एनबिआर को सहयोग



काठमाण्डौ, पौष १०

फेसबुक संजाल ग्रुप Nepalese Brothers Room (NBR) ले गुल्मीको पुर्कोटदह निवासी सुत्केरी भएको ७ दिनमा निधन भएकी दुर्गा कुमारी भुसालको परिवारलाइ रु. ८०,३३५/- सहयोग गरेको छ।

fb_img_1482639857877
गुल्मी जिल्ला पुर्कोटदह गा बि स वडा १ निवासी दुर्गा कुमारी भुसालको ७ दिनको सुत्केरी अवस्थामा नै निधन भएको भएको थियो ।यस दु:खद घडीमा आफ्नो आमाको दुई छोरिहरुले नै क्रिया बसेका थिए । निज मृतकको श्रीमान पुर्ण रुपमा शारीरिक अशक्त अवस्थामा रहेको र ५ बहिनी छोरिहरुको अवस्था निकै दयनीय रहेकाले उनिहरुको भबिस्य निर्माणको लागि NBR द्वारा देश बिदेश मा रहने नेपालिहरुबाट संकलित रकम रु ८०,३३५|- अक्षेरुपि असी हजार तीन सय पैतिसको चेक र लत्ताकपडाहरु पीडित परिवारको घरमा नै पुगि स्थानीय सरोकारवाला निकायरु तथा स्थानीय बासिहरुको उपस्थितिमा हस्तान्तरण गरिएको NBR का क्षितिज बाबुले हिमाल पोष्ट संग बताए।

fb_img_1482639887889

सहयोग हस्तान्त्रण गर्न मुकुन्द पौड्याल, बिक्रम कुँवर, सुदर्शन पाण्डे लगाएत १३ जनाको टोलि गुल्मी पुगेका थिए।