नयाँ ल्यापटप वा कम्प्युटर किन्नु भन्दा पहिला ध्यान दिनुस यी कुराहरु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नयाँ ल्यापटप वा कम्प्युटर किन्नु भन्दा पहिला ध्यान दिनुस यी कुराहरु



पावरफुल स्मार्टफोनको आगमनसँगै ल्यापटपको खपत केही घटेको छ । तैपनि कतिपय ठूला कामका लागि स्मार्टफोनले काम चल्दैन, ल्यापटप नै चाहिन्छ ।

यदि तपाईं नयाँ ल्यापटप किन्ने सुरमा हुनुहुन्छ भने तपाईंले धेरै कुराहरुमा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । हामी ती कुराबारे जानकारी दिदैछौं ।


नयाँ डिजाइन
स्क्रिन साइज

सबैभन्दा महत्वपूर्ण निर्णय भनेको कुन स्क्रीन साइजको ल्यापटप लिने भन्ने नै हो । यात्रा गरिरहनु पर्ने व्यक्तिहरुले १२ देखि १४ इन्चको डिजाइन लिँदा उपयुक्त हुन्छ किनकी यो बोकेर हिँड्नलाई सहज हुन्छ । यद्यपि सानो ल्यापटपका केही बेफाइदा पनि छन् । जस्तो कि यसको कीबोर्ड र ब्याट्री पनि सानो हुन्छ, जसका कारण काम गर्दा फरक पर्न जान्छ । यदि तपाईंलाई शक्तिशाली ल्यापटप चाहिएको छ भने १५.६ इन्च वा १७ इन्च साइजबारे विचार गर्न सक्नुहुन्छ ।

समयअनुसार ल्यापटपको मोडलमा धेरै परिमार्जन हुँदै आएको छ । कयौं ल्यापटपमा डिस्प्ले चारैतर्फ घुम्छ । यसको पछाडिको दृष्टिकोण के हो भने तपाईं यसलाई थुप्रै तरिकाबाट प्रयोग गर्न सक्नुहुन्छ । तपाईं डिस्प्लेलाई हटाउन पनि सक्नुहुन्छ र यसलाई ट्याबलेट जसरी प्रयोग गर्न सक्नुहुन्छ । यो पनि उपयोगी नै हुन्छ तर परम्परागत ल्यापटपको स्थान अरुले लिन सक्दैन ।

पोर्ट्स  कहाँ गए ?

 पुराना ल्यापटपमा थुप्रै पोर्ट्स हुने गर्थे । यसमा एस-भिडियो, भिजिए, फायरवायर, मल्टीपल, अडियो ज्याक्स, मल्टीपल यूएसबी पोर्ट्स हुन्थे । अहिले ल्यापटपक धेरै सानो हुँदै गएको अवस्थामा केही यूएबी पोर्ट्स, एचडिएमआई र एउटा कार्ड रिडर यसमा रहेको हुन्छ । केही अल्ट्राथिन डिजाइनमा अझै कम यूएसबी पोट्र्स् र कोल्याप्सिबल इथरनेट पोर्ट हुन्छन् ।

अप्टिकल ड्राइभ्स र हार्ड ड्राइभ्स

अप्टिकल ड्राइभ्स धेरैजसो ल्यापटपमा हटाइएको छ । यद्यपि १५.६ ल्यापटपमा तपाईंले अझै यो पाउनुहुन्छ । महंगा ल्यापटपमा फ्ल्यास बेस्ट स्टोरेज -एसएसडी) दिने गरिन्छ । फ्ल्यास स्टोरेज महंगो हुन्छ तर यो सानो, हलुका र स्पीडको हिसाबले प्रभावकारी हुन्छ ।

टचस्क्रीनवाला ल्यापटप

टचस्क्रीनका थुप्रै फाइदा छन्, यद्यपि यसबाट स्क्रीन धमिलो हुन थाल्छ । टचको प्रयोग गर्न अभ्यस्त व्यक्तिहरुका लागि यसको महत्व बढि हुन्छ । वेबपेज, ठूला फोल्डर्स, फोटो र डकुमेन्टहरुमा स्क्रोल गर्नु उत्तम हुनछ । विन्डोज १० इन्टरफेसलाई तपाईंको निम्ति अप्टिमाइज गरिएको छ । र, तपाईं थुप्र्रै टच अप्टिमाइज्ड एप्स डाउनलोड गर्न सक्नुहुन्छ ।

वजन र ब्याट्री लाइफ

केही वर्षअघिसम्म एउटा सामान्य ल्यापटपको तौल ३ किलो आसपास हुने गथ्र्यो र यसको ब्याट्री दुई देखि तीन घन्टा चल्थ्यो । अब बढि ब्याट्री पर्फमेन्स र कम तौलका ल्यापटप आउन थालेका छन् । यो धेरै महंगो पनि पर्दैन । अहिले ५-६ घन्टाको ब्याट्री लाइफ सामान्य भएको छ । तर योभन्दा लामो ब्याट्री लाइफका लागि तपाईंले मोटो रकम खर्चिनुपर्छ ।

ग्राफिक्स कार्ड पर्फमेन्स

यस्ता ल्यापटप पनि छन् जसमा इन्टीग्रटेड ग्राफिक्स चिप लागेको हुन्छ । मल्टीमिडया, बेसिक गेम्स जस्ता नियमित प्रयोगका लागि इन्टीग्रेटेड ग्राफिक्स उत्तम हुन्छ । यदि तपाईंको आवश्यकता गेमिङ वा प्रोफेसनल ग्राफिक्स, भिडियो एडिटिङ हो भने तपाईंलाई यस्तो नोटबुक चाहिन्छ, जसमा डेडिकेटेड ग्राफिक्स कार्ड होस ।