नयाँ वर्षमा एडीलेडमा क्रुज पार्टी हुँदै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नयाँ वर्षमा एडीलेडमा क्रुज पार्टी हुँदै



एडीलेड/चैत्र २९ 

थ्री केजी इभेन्ट्सको आयोजनामा नयाँ वर्ष २०७४ को अवसर पारेर यही आउँंदो अप्रिल १४ तारिकमा एडीलेडमा क्रुज पार्टी हुने भएको छ ।
” नेपलिज न्यु इयर क्रुज पार्टी २०७४” नाम दिइएको साङ्गीतिक क्रुज पार्टी ऐतिहासिक पोर्ट रिभरमा करिब चार घण्टा चल्ने छ ।

साउथ अस्ट्रेलियामा रहेका नेपालीहरू माझ शुभकामना आदान प्रदान गर्दै साङ्गीतिक प्रस्तुतिहरु सहित “क्रुज पार्टी” कार्यक्रमको तयारीमा जुटेको थ्री केजी इभेन्ट्सका खुम घलेले बताए। बेलुका ७ बजे बाट यात्रा सुरु गर्ने क्रुज पार्टीको लागि नेप्स्य्दजको टोली नेपालबाट आउने भएको छ भने डी.जे बिरक सिड्नीबाट आउँदै छन् । लाईभ गीत सङ्गीत र डिजेको साथ नाचगान गर्दै नयाँ वर्षलाई रमाइलोसँग स्वागत गर्न आयोजना गर्न लागिएको उक्त कार्यक्रमको टिकट शुल्क ३० डलर राखिएको छ।

साउथ अस्ट्रेलियामा नेपाली चलचित्र र नेपाली सङ्गीतलाई निरन्तर प्रस्तुत गर्दै आएको थ्री केजी इभेन्ट्सले आगामी जुलाईमा नेपथ्य ब्याण्ड र अगस्तमा बिपुल क्षेत्रीको साङ्गीतिक कन्सर्टको तयारी समेत भइरहेको थ्री केजी इभेन्ट्सका घलेले बताए ।