नयाँ वर्ष विशेष:यस्तो छ ०७४ सालमा कलाकारहरुको संकल्प - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नयाँ वर्ष विशेष:यस्तो छ ०७४ सालमा कलाकारहरुको संकल्प



हिमाल पोस्टको विशेष अङ्क नयाँ वर्ष विशेष :

नयाँ वर्षमा सबैका आआफ्नै संकल्प र योजना हुन्छन् । नेपाली कलाकारहरू पनि नयाँ वर्षमा नयाँ योजना बनाइरहेका छन् । कलाकारितामा जम्नका लागि सबैका आ-आफ्नै योजना छन् । धेरैजसो कलाकारहरू नयाँ वर्षमा अझ आफ्नो काममा मिहेनतका साथ लागेर सफलता प्राप्त गर्ने सोचमा छन् । हामीले नेपाली कला क्षेत्रका केही कलाकारहरुलाई नयाँ वर्षमा के संकल्प गर्दै हुनुहुन्छ र २०७३ मा सम्झन लायक क्षण के रह्यो  भनेर सोधेका छौँ ।

हाम्रो प्रश्न छ :

तपाईँको नयाँ वर्षको संकल्प के छ ? २०७३ मा तपाईँको जीवनमा आएको एउटा सम्झनलायक क्षण के रह्यो ?

प्रस्तुति समीर प्रकाश पाण्डे

शिव परियार (गायक):नयाँ वर्ष मा पुरानो वर्ष को जस्तै हिट गीत नेपाली श्रोतालाई दिने ,संकल्प मेरो केही छैन ,केही महसुस भए जुनसुकै दिनमा पनि गर्न चाहन्छु २०७३मा सम्झन लाए कुरा मैले करिब १२देशको साङ्गीतिक भ्रमण गरे,पिलायो साथीले ,नभेटि नभेटि,माया देऊ हिट नेपाली श्रोता हरुले अत्याधिक मन पराई दिनुभो।

बिमल डाँगी (गायक):अब आउने नयाँ वर्षसँगै रहेको संकल्प खासै नयाँ उल्लेखनीय त केही पनि छैन तर आफ्नो साङ्गीतिक निरन्तरतालाई मासिक रूपमा कम्तीमा एक सृजना(शब्द/सङ्गीत या स्वर जे भए पनि)दर्शक/श्रोतामाझ पस्किने योजना छ,२०७३ सालमा पारिवारिक रूपमा विशेष अविस्मरणीय नै रह्यो,पुत्रलाभ तथा आमाको अमेरिका भ्रमण अनि सरीता डाँगी र मेरो आवाजमा रहेका “भैयो परदेशी”,”ए होटेलकी साऊनी”केछत खबर नेपाल तीरको”जस्ता गीत रेकर्ड भए अनि गणेश चौलागाई र नीरु न्यौपानेको सहकार्यमा”परदेश” र “हामी दुई मायाको जाल्मा फसेको”,सन्तोष बानियाँको शब्द/सङ्गीतमा”टुहुरी”एकल लोकगीत गरी अन्य धेरै गीत रेकर्ड भए ।

मुना थापा मगर (गायिका):सर्वप्रथम त सम्पूर्ण नेपालीहरुमा नयाँ वर्ष २०७४ को हार्दिक मङ्गलमय शुभ कामना व्यक्त गर्दछु ।
मैले जे काम गर्दै आएकी छु, त्यसलाई नै निरन्तरता दिने मेरो प्रयास रहनेछ नयाँ नयाँ सन्देशमुलक गीतहरू ल्याउने छु पक्कै पनि यसरी नै दर्शक श्रोताले माया गर्नु हुन्छ भने आशा गरेकी छु । २०७३ लाई सम्झन लायक क्षण त धेरै होलान् यो वर्ष अघिल्ला बर्षहरु भन्दा धेरै विदेश तथा स्वदेशका स्टेज कर्यक्रममा बिजि भए दर्शक श्रोताले माया गरेर बोलाउनु भो, बोलाउनु हुन्छ त्यही नै हुन्छ हामी कलाकारको सम्झन लायक क्षण ।

जानकी तारामी मगर (गायिका):नयाँ वर्षमा म युके जादैछु अघिल्लो वर्ष भन्दा सक्रिय भएर लाग्ने सोचेकी छु । २०७३ मा सम्झन लाएक क्षण धेरै छन् त्यो भन्दा पनि सम्झन लाएक क्षण एउटा प्रोग्राममा जाँदा एउटा केटाले धेरै ल्याङ ल्याङ गरे पछि बेस्सरी कुटेको छु।

कुमार कटेल ( जिग्री) (हास्य कलाकार):नयाँ वर्षमा फिल्मको काम सकेर फ्लोरमा जानी अनि रिलिज याेजना गर्ने ।सम्झन लायक चाहिँ सप्तरीको अति विपन्न दृस्टीबिहिन परिवारको लागी तीन वटा घर बनाउने अभियान सुरु गरियो त्यो चाहिँ मेरो सामाजिक कार्यमा नयाँ पाइला थियो। त्यो ठाँउ मा पुगेर ती पीडितहरुको अवस्था देख्दा एकदम भाबुक भएको थिए त्यो मेरो लागी एकदम भुल्ननसक्ने क्षण  छ। अथवा अविस्मरणीय छ।

हेमन्त शर्मा (गायक):पोहोर परार झैँ यस पाली पनि नयाँ सङ्गीत सिर्जना भन्दा संकल्प अरू केही छैन ,गत हप्ता कतार र यो हप्ता साङ्गीतिक कार्यक्रमका निम्ति जापान जाँदै छु ।

जुना प्रसाई (गायिका):नयाँ वर्षको संकल्प भनेको म्युजिक मै केही फरक गर्ने सोचमा छु अलि फरक धारको गीत दिने सोच छ २०७३ को सम्झना लाएकको क्षण सुख भन्दा दुख बढी भयो ।मैले मेरो अन्टिको छोरा जुन मेरो एकदम नजिक थियो उसलाई गुमाए त्यसैले २०७३  साल दुखको साल महसुस गर्न पुगे ।

करण न्यौपाने (गीतकार तथा सर्जक):विल्कुलै फरकधारको गीतहरूबजारमा ल्याउने छु।।जसको तयारीमा जुटीसकेको छु। सारै नजीकको साथी महेन्दृ गौतम सगं एक हप्ता बोली बारेर बसेको क्षण यादगार बन्यो।

सुरज भिरखोइरे (हास्य कलाकार):नयाँ वर्षको संकल्प भन्ने छैन आज जस्तै निरन्तर चल्ने प्रयास गर्ने हो , मेहनत गर्न छोडिन्न , दुखमा आत्तिने छैन । २०७३ साल कलाकारिता मा थप सफलता मिल्यो , साबिक भन्दा केही धेरै चर्चा र आम्दानी भयो व्यापार घाटा लाग्यो ।

बिरही कार्की (गायक):सर्वप्रथम त हिमाल पोस्ट लगायत सम्पूर्णमा नयाँ वर्षको मङ्गलमय शुभकामना । नेपाली सङ्गीतमा केही राम्रो गर्न सकु ,मेरो सामाजिक संस्था फुलमायाकार्की फाउन्डेसन मार्फत सेवा गर्न सकु । २०७३को स्मरण भन्दा आमाको नाममा सामाजिक संस्था फुलमायाकार्की फाउन्डेसन खोलेर सामाजिक काम गर्न पाको छु ।

राधिका हमाल पुन (गायिका):अनाथ बालबालिका हरुलाइ सहयोग गर्दै आइरहेको छु। सामाजिक सेवा गर्न मलाई अति मन पर्छ,मेरो गृह जिल्ला रोल्पामा अहिले विकास तीव्र छ,तर पनि मेरो ससुरा बुवा मान बहादुर पुन ज्युले स्थापना गरी पढाएको स्कुल जुन गैरिगाउको रानागाउँमा छ। त्यहाँ अहिले सम्म मोटरबाटो पुगेको छैन, त्यहाँ बाटो पुर्‍याउन पहल गर्ने छु,यसका लागि राजनीति दलका धेरै सँग कुरा गरेको छु।

पुरानो स्कुल हो त्यहाँ पढेका धेरै विद्यार्थीहरू ठुला ठुला पदमा हुनुहुन्छ,सहयोग गर्न अपिल गर्दै आफ्नो लक्ष्यमा अगाडी बढ्ने इच्छा छ।२०७३ को सम्झन लाएक क्षण एकै महिनामा अति धेरै विदेशमा साङ्गीतिक यात्रा गरे बेलायतबाट दुबई यताबाट इस्तानबुल इजरायल त्यसपछि मस्को रसीया पछि जापान अनि सिंगापुर अति धेरै उडियो.। साथै बेलायत मा फ्यानहरुले महगो घडी र सुनको चुरा लगाइ दिनु भो,गिफ्ट दिनु हुने कृष्ण प्रसाद शर्मा,माया के.सी,मुना सापकोटा लगायतलाई धेरै सम्झिन्छु।

राजु ढकाल (गायक):नयाँ सालमा अझ मेहनत गरेर काम गर्नेछु । कलाकारिता क्षेत्र भन्दा अन्त कतै जाने बारेमा त सोच्न पनि सकिँदैन । यसैले सबैको साथ र मायालाई आत्मसात गर्दै ०७४ सालमा अझ राम्रा सृजना दिने मेरो प्रयास रहनेछ । ०७३ को सम्झन लायक क्षण भन्नु पर्दा विदेशका धेरै कार्यक्रममा सहभागी हुने मौका मिल्यो र नयाँ वर्षको विशेष कार्यक्रमको लागी यु.के जादै छु ।

वैकुण्ठ महत (गायक तथा सर्जक):सर्वप्रथम हिमाल पोस्ट परिवार सम्पूर्ण पाठकबर्ग नेपाली सङ्गीत श्रोता तथा दर्शकहरु अनि देश विदेशमा रहनु हुने नेपाली दाजुभाइहरु तथा दिदिबहिनीहरुलाई नयाँ वर्ष 2074 सालको हार्दिक मङ्गलमय शुभकामना ।
२०७४ सालमा मैले नेपाली गितसंगितको क्षेत्रमा पृथक् संदेशमुलक सिर्जनाहरुबाट समाजलाई सुसुजित गर्ने एउटा पणय गरेको छु । हेरौ तपाईहरु को साथले अवश्य पनि मेरो सपना साकार हुनेछ ।

अनि अर्को कुरा २०७३  सालको कुरा छ । २०७३  सालको सम्झन लायक क्षण भन्नु पर्दा मैले एउटा संगितिक जीवनमा राष्ट्रभक्ती भावना समेटिएको सङ्गीत हाम्रो नेपाल हामी नेपाली भन्ने गीत पस्कन पाए र त्यसले राम्रो प्रभाव पनि जमायो जसमा नेपालका पूर्व प्रधानमन्त्री के .पी शर्मा ओली ज्युबाट लोकार्पन गर्ने मौका अथवा सौभाग्य पनि मिल्यो । यो क्षणलाई मैले अत्यन्त महत्त्वपूर्ण समयको रूपमा लिएको छु ।अर्को कुरा उक्त दिन मङ्सिर महिनाको ३ गते मेरो जन्मदिनपनी थियो। जन्मदिनको अवसरमा उहाँले नै मलाई केक काटेर खुवाउनु भयो । एउटा राजनेताले दिएको मायाले गर्दा मलाई नेपाली सङ्गीतको क्षेत्रमा थपशसक्त रूपमा प्रस्तुत हुने मौका र प्रेरणा मिलेको छ ।
साथै मेरो आफ्नो व्यक्तिगत पहल कदमिबाट र राष्ट्रिय लोकदोहोरी प्रष्तिठान नेपालको संस्थागत सहभागिता सक्रियतासहित नेपाली सङ्गीतमा आएका बिकृत्ति र बिसंगतीहरुलाई केही निराकरण गर्ने क्रियासिलताका साथ अगाडि बढ्ने र सङ्गीतको व्यावसायिक प्रबन्धकनको निम्ति सम्पूर्ण संगितकर्मिहरुलाई सामूहिक फाइदा हुने गरी लाग्ने हामी परण गर्दछौ ।

सन्तोष के.सी (सर्जक तथा गीतकार):२०७४ सालको हार्दिक मङ्गलमय शुभकामना सहित वैशाखमा मेरो आफ्नै लोकदोहोरी एल्बम रेसुङ्गाको भिरमा २  छ मेरो र मुना थापाको स्वर र आधुनिक एल्बम समुन्द्र बाट गीत अन्त माया भाग दुई मन पराउनु… प्रमोद खरेलको स्वरमा पठाउने तयारीमा छु र निरन्तरता गीत सङ्गीतमै लागिरहने छु चौध वर्ष गीत सङ्गीतको सङ्घर्ष पछि काठमाडौँ बालाजु माछापोखरी घर बनाउने तयारीमा पनि छु । २०७३ साललाई फर्केर हेर्दा नेपाली गीत सङ्गीत बाट फलदायी नै रह्यो आधुनिक गीतहरू छुट्यौ भने रुनुपर्ला, म त सन्चै छु,तिम्रो साथ पाउँदा,तिमीलाई माया गर्ने मुटु,म यो धर्तीको तिजको भट्टीकि साहुनी दसैँ तिहारको गीत ए प्रदेशी फर्की आऊ घर लगायत चर्चित भए सम्झिन योग्य दिन चाँहि रोयल्टी सङ्कलन समाजबाट रोयल्टी पाउने गीतकार सङ्गीतकार मध्ये मैले नै एक नम्बर रोयल्टी प्राप्त गरे ।

महेन्द्र गौतम (मोडल):सर्वप्रथम त सबै नेपालीहरूलाई नयाँ वर्ष २०७४ सालको हार्दिक मंहलमय शुभकामना ।म त्यस्तो संकल्प गर्ने र फेरि पुरानो काम कुराले पछुताएर बस्ने खालको खासै मान्छे त हैन र पनि यो वर्ष अलि राम्रा काम छानेर गर्न सकौं भन्ने चाहाना चाहिँ छ हुन त कहिले पनि मैले धेरै मात्रामा भिडियो गरिन धेरै गर्ने चाहा पनि राखीन सोही अनुसार आउने सालमा पनि बरु थोरै तर राम्रा कामलाई प्राथमिकता दिन सकु भन्ने चाहाना छ र अर्को कुरा ७४ सालमा म लोकपप खालको डान्सिंग गीत आफै गाएर लिएर आउदैछु र सबैबाट मायाको अपेक्षा पनि राखेको छु ।

म एउटा साधारण नेपाली हु अरूको जस्तै मेरो पनि साधारण जीवन छ कलाकारीता त मेरो पेसा हो । समग्रमा अरू नेपाली दादुभाई दिदी बहिनीको जस्तै मेरो पनि साधारण तरिकाले नै बित्यो २०७३ साल त्यस्तो अविस्मरणिए सम्झन लाएक क्षण खोइ अहिले मैले सम्झीन भने पछि चाहिँ खासै केही भएन जस्तो लाग्यो। हाहाहा…

देवीका के.सी गुरुङ(गायिका):२०७४ को संकल्प भन्नू पर्दा साङ्गीतिक यात्राले तीव्रता पाउने छ । छुटेको पढाई अथवा मास्टर गर्ने सोचमा छु, पहिले भन्दा फरक र टिपिकल गीत गाउने प्लान बनाएकी छु।२०७३  पनि साङीतिक हिसाबले राम्रो नै रह्यो समय हो समयले पक्कै कोल्टे फेर्छ, कोही नेपाली बाटनै बिज्नेसमा अकल्पनीय रूपमा फस्न पुगियो 2२०७३  मा समय गतिशील छ- सायद अरूको लागि खाडल खनेका लाई त्यही खाडल आफ्नो लागि पनि हो भन्ने सद्बुध्धी दिउन भगवानले। दुख दायी नै रह्यो ०७३  साल सम्झन लायक क्षण भन्नू पर्दा यसपालि अरू वर्ष भन्दा अलि धेरै विदेशको कार्यक्रममा सहभागी हुने अवसर जुर्यो  ।

कृष्ण काफ्ले (गायक):२०७३को सम्झन लायक कुरा भर्खरै मात्रै सम्पन्न भयको ५औ राप्ती म्युजिक अवार्डबाट यस वर्षको बेस्ट पेलब्याक सिङगर अवार्ड पाउन सफल भएको छु। छक्का पन्जा फिल्मको गीत देखन चम्पाबाट जीवनको नौलो अनि दम्दार जित ठाँनेको छु नयाँ वर्ष कार्यक्रमले गर्दा निकै व्यस्त पनि छु । यस वर्षमा आफूले सङ्गीतको क्षेत्रमा निकै चर्चामा रहन सफल गीत देखन चम्पा (छक्का पन्जा) बाट र तिम्रो पिक्चर हिट (किस्मत २ ) बाट आफ्नो आवाजमा हिट भयका छन् ।

सी .डी. विजय अधिकारी (गायक):मेरो नयाँ वर्षको संकल्पको रूपमा एउटै मात्र उद्देश्य भनेको नेपाली गीत सङ्गीतमा अझ दृढ रूपमा लागिपर्ने र नयाँ स्वादका प्रस्तुतिहरु श्रोतामाझ पस्कने।२०७३ सालको अविस्मरणीय सम्झनलायक क्षण भनेको मेरो पहिलो सन्तान सुपुत्री एक्स्मा अधिकारीलाई पाउनु नै हो।

तेजश रेग्मी (गायक तथा सर्जक):मैले आफ्नो करिअर र व्यक्तिगत जीवनका बारेमा धेरै संकल्प गर्दछु । गतबर्ष आफ्नो काममा, व्यक्तिगत जीवनमा, साथीभाइसँगको सङ्गतमा मैले के कस्तो कमजोरी गरेँ भन्ने कुराको पहिला म मूल्याङ्कन गर्छु । यसपश्चात ती सबै कमीकमजोरी अर्को वर्ष नदोहोरियोस् भन्ने संकल्प मेरो हुन्छ । र अर्को कुरा गीत सङ्गीतमा एउटा अलि फरक किसिमको सिर्जनाहरु पस्कने योजना छ । जीवनमा आएको क्षण सम्झना लायकको २०७३  मा पुत्र लाभ भयो ।त्यो नै सम्झना लायक भयो ।

हिमाल सागर (गायक):मेरो नयाँ संकल्प यसपालिको के छ भने रसीया महोत्सवमा जादैछु ।त्यहाँ नै मेरो एउटा कार्यक्रम छ ।NRN रसीया र त्यहाँको विद्यार्थीहरूले संयुक्त मिलेर मलाई बोलाउनु भएको छ अप्रिल १६  तारिकामा मेरो कन्सर्ट छ र मेरो जीवनमा २०७३  सालमा सम्झना लायक कुराहरू धेरै नै छन् तर पनि सबैभन्दा सम्झना लायकको कुरा चाहिँ म्युजिकहरु कै कुरा छ मेरो दुईवटा गीत “माया कहिले मुस्कुराने” र अर्को “तिम्रो चोलीको तुना ” रिलिज गरेको थिए यो गीत निकै नै हिट भएको छ धेरैले मन पराउनु भएको छ मलाइ यही नै एकदमै सम्झना लायक भएको छ धेरै नै खुसी लागेकोछ ।

विश्वास नेपाल (सङ्गीतकार / एरेन्जर):मेरो सांगितक यात्राको लागि २०७३  साल एकदमै राम्रो रह्यो ०७२  साल को दसैँ देखि नयाँ काम एरेन्जको सुरुवात गरेदेखि धेरै सिक्ने काम भयो । तिज ताका एकदमै अविस्मरणीय क्षण थियो काठमाडौको लोडसेडिङले गर्दा ६ ण्टाको फरकमा बत्ती आउने गर्थ्यो । त्यो हुनाले रातीमा प्राय लाइन नजाने हुनाले रात भर काम गरेको याद ताजा छन् । दिनभर लाइनको कारण काम रोकिएका रात भरलगाएर सक्ने गर्थे त्यसरी गरेका गीत मेरो एरेन्जको शुरुवाती भएको कारण पनि मलाई काम गर्न जिम्मेवार साथ दिनु हुने प्रति नमन गर्न चाहन्छु ।

अबको नयाँ साल देखि नयाँ काम नयाँ सोच र नयाँ ढङ्गबाट जाने सोचले वसन्त लम्साल र विजय राहुको संयुक्त कम्पनी अर्घादरबार फिल्मशलाई साथ दिइरहेको छु र आगामी दिनहरूमा धेरै सहयोगका साथ अगाडि बढ्ने छौ ।  तत्काल नयाँ वर्षमा हामीले विष्णु बुढा मगरको नयाँ गीति एल्बम “अजम्बरी ” र वसन्त लम्साल को ” डोली ” एकै साथ रिलिज गर्दै अगाडी जाने सोच मा छौ । ०७४  सालमा विशेष मैले एरेन्ज गर्ने गीत हरुमा फरक शैलीमा एरेन्जमेन्ट गर्ने बिचारमा छु । सम्पुण नेपालीहरुमा नयाँ वर्षको शुभकामना दिँदै सबैले सबैकाम होइन एउटा काम फरक गर्ने सोच राखौ ।भन्न चाहन्छु र मलाई काम सुम्पने मित्र कलाकार हरुको मन सधैँ खुसी बनाउने कोसिस गर्ने छु । जय गीत जय सङ्गीत ।

ज्योति शर्मा (गायिका तथा समाजसेवी):मेरो २०७३खासै सम्झन लायक छैन भन्दा पनि मेरो दस वर्ष देखीको तीज गीतको भिडियाे रिलिज गर्ने सपना पुरा भयो जुन मेरो ठुलो सपना थियो र २०७४ को लागी सपना भनेको खानपिन मा एक्दम ध्यान दिनि तौल घटाउने ७५ बाट ६२ मा झार्नु छ । मलाई सानो सानो कुरामा एकदम चिन्त दुख्छ त्यस्तो कुरा देखी टाढा बस्ने चासो नदिने । आफूलाई प्रमाणित गर्न एकदमै जरुरी छ यो साल ,अर्को महत्त्वपूर्ण कुरा चाहिँ यो साल नयाँ भिडियाे बजारमा ल्याउन छ एक दमै राम्रो कम्पनी छानेर राम्रो टिम सँग काम गर्ने साथै एल्बम रिलिज गर्नी सोच मा छु । समाज सेवाको काम त छदै छ ।

सुशिला गौतम (गायिका):नयाँ वर्ष २०७४  मेरो लागि स्पेसल रहने छ किनभने नयाबर्षको आगमन सँगै नयाँ पन्चेबाजाको गीत ” माइतीको माया” लिएर आएकी छु र नयाँ सुरुवात चाहिँ मैले यो गीत आफ्नै युटुबबाट बजारमा लिएर आएकी हु र १,२  दिनमै लाखौँ दर्शक श्रोताको मन मुटुमा बस्न सफल भएको छ त्यसैले नयाँ वर्षको सुरुवात सँगै नयाँ उमंग छ मनमा नयाँ नयाँ काम गर्ने हौसला जागेको छ । बितेका वर्ष सुख दुख र सङ्घर्ष मै बिते हिजोको दिनमा केही पाए अब भोलिको दिनमा कोहीको पनि आवश्यक देखेकी छु हाहा…। समग्र रूपमा२०७३ लाई नियालेर हेर्दा पहिलो पटक विदेश प्रोग्राम गर्ने अवसर पाए ,”बसायो बामरी हरर” बोलको गीत ले धेरै श्रोताको माया पायो यस्तै यस्तै गरी बित्यो । र अन्त्यमा सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदिबहिनीहरुलाई नयाँ वर्ष २०७४  को शुभकामना भन्न चाहे ।

सम्झना भण्डारी (गायिका)साङ्गीतिक क्षेत्रलाई अझैझन् बलियो बनाएर जानेसोच बनाएकी छु ।अहिले जति दर्शक स्रोताहरुले माया गर्नुभएको छ उहाहरुको त्यो माया ममतालाई म सक्रिय भएर त्यो मायाममता लाई मर्न दिनेछैन । मेरो यो साङ्गीतिक यात्रालाई निरन्तरता दिँदै साङ्गीतिक क्षेत्र मा मात्र समय दिएर मेहनतका साथ अगाडी बढ्ने सोच बनाएकिछु अनि अर्को कुरा २०७३ मा सम्झिन लायकको क्षणहरू भन्नाले धेरैछन । हामी साङ्गीतिक क्षेत्रको मान्छेहरूलाई सम्झिन लायकक्षण हरू पनि साङ्गीतिक क्षेत्र सँगै सम्बन्धित हुन्छन् यानकी हामीले साङ्गीतिक क्षेत्रमा गरेको दुख अनुसारको फल पाउनु ,नै हाम्रो लागि सम्झन लायको पल हुन्छ ।

निता कोइरला (मोडल तथा नायिका):कला क्षेत्रमा भएको विकृति, बिसंगती हटाउने कसैको साथ पाएमा  सक्रिय हुने बिचार गरेकी छु ।गत वर्षको सम्झन योग्य क्षण दरन फिल्म फेसिवल र म एउटा लिम्बुवन फिल्ममा रोल फरक धारको फिल्ममा रोल गर्ने मौका पाए ।

रेश्मा तिमिल्सेना(कलाकार):याे वर्ष म लगायत किशाेर भण्डारीले नेपाली कथानक चलचित्र “चङ्गा” निर्माण गर्ने र डिट्ठा साबलाई अझै राेचक बनाउने सकल्प गरेकाे छु । अर्को कुरा सम्झन लायक क्षण पल भन्दा नि बिर्सनी कुनै पल न‌ै भएन सबै याददार रहे जसमा खुसी न‌ै खुसिहरु छन् ।