नयाँ बर्षमा अमेरिका जाँदैछन् नेपाल आइडलका बुद्ध, निशान र प्रताप - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नयाँ बर्षमा अमेरिका जाँदैछन् नेपाल आइडलका बुद्ध, निशान र प्रताप



काठमाडौं ।। नेपालको सर्वाधिक लोकप्रिय रियालीटी शो नेपाल आइडलका प्रमुख तीन प्रतिस्पर्धीहरू भ्रमणमा अमेरिका जाने भएका छ्न । नयाँ बर्ष २०१८ को लागि नेपाल आइडल बुद्ध लामा ,रनर अप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रमको लागि अमेरिका जाने भएका छन् ।

केटिएम इनटरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रम नया बर्ष २०१८ को अवसरमा अमेरिकाका बिभिन्न राज्यका शहरमामा प्रस्तुत हुनेछन ।

यसअघि नेपाल आइडलका तीन बिजयीले नेपाली समुदायको जनसंख्या  बढी भएका अन्य देशहरुमा आफ्नो प्रस्तुति देखाई सकेका छन् ।

जनवरी ११ देखि फेब्रुअरी १८ सम्म अमेरिकाका बिभिन्न शहरमा कार्यक्रम हुनेछ ।

कहाँ र कहिले हुँदैछ कार्यक्रम ?
-जनवरी ११ न्युयोर्कको मेलरोज बलरुम
-जनवरी २१ बोस्टन को वनडरल्याण्ड बलरुम
-जनवरी २६ मेरिल्याण्डको टाउसनको टोरेन्ट लंज र
-जनवरी २७ भर्जिनियाको अर्न्स्ट कम्युनिटी कल्चर सेन्टर
-फेब्रुअरी २ टेक्ससको ड्यालसको हाउस अफ ब्लु
-फेब्रुअरी ३ अस्टिनको सहारा लंज
-फेब्रुअरी १० ह्युस्टनको हाउस अफ ब्लु
-फेब्रुअरी ८ क्यालिफोर्नियाको ओकल्याण्डको ओकल्याण्ड स्कोटिस रुल
-फेब्रुअरी ९ क्यालिफोर्नियाको सन्फ्रानसिस्कोको मेजानिन
-फेब्रुअरी १० लस एन्जेलस को एलरे थेटर
-फेब्रुअरी १६ वाशिंगटन को शोर्लिन कन्फेरेन्स सेन्टर
-फेब्रुअरी १७ मिजौरी को दि पिजेन्ट
-फेब्रुअरी १८ मिनासोटाको अर्फीम थेटर

सबै स्थानमा साँझ ६ बजेदेखि कार्यक्रम हुने छ ।