नवलपरासीमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीद्बारा अश्रुग्यास र हवाई फायर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नवलपरासीमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीद्बारा अश्रुग्यास र हवाई फायर



नवलपरासी– नवलपरासीको पालिनन्दन गाउँपालिका १ मा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको छ ।

गत २८ माघमा सीमा क्षेत्रका व्यापारीले छोरी भन्सार कार्यालय भुजहवाको गोदाममा स्टोर गरेर राखेको ५१ पोका कपडा प्रहरीले बरामद गरी महेश्वर भन्सार कार्यालय पुर्याएको थियो । त्यहाँबाट प्रक्रिया पुर्याए छाडिदिनुको साटो नवलपरासीका एसपी मुकुन्द राज आचार्यले भैरहवा भन्सार पठाउनु पर्ने बताएपनि व्यापारी आक्रोशित भएका थिए ।

आचार्यको निर्देशनमा ५१ पोका कपडा भैरहवा भन्सार पठाउनगाडीमा लोड गरिँदै गर्दा स्थानीय व्यापारीले अवरोध गरेपछि झडप सुरु भएको बताइएको छ । सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म प्रहरी र व्यापारीबीच झडप भएको थियो भने अहिले थप प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएको छ ।फाईल तस्बिर