नवलपरासीमा लागु औषधसहित एक युवक प्रक्राउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नवलपरासीमा लागु औषधसहित एक युवक प्रक्राउ



नवलपरासी । नवलपरासीको (बर्दघाट सुस्ता पुर्व) विनई त्रिवेणी गाउपालिका त्रिवेणी ब्यारेजबाट लागु औषध सहित एक युवक पक्राउ परेका छन् ।

जिल्लाको त्रिवेणी ब्यारेज संग जोडिएको भारतको विहार प्रदेशको बालमिकिनगर बजारबाट पैदल आउदै गरेको आफुँलाई खानका लागि नेपाल भित्राईरहेको बेला प्रहरीले चेकजाँच गर्ने क्रममा ति युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपाललिका वाड न. ४ बस्ने वर्ष २० का सरून नेपाली रहेका छ ।

पक्राउ परेका सरून संग १६ केपसुल स्पासमो, ४ ट्याब्लेट नाईट्रो भेट रहेको प्रहरीले जनाएको छ । सरून अहिले ईलाका प्रहरी कार्यालय त्रिवेणीको नियन्त्रणमा छन् ।