शशांक ३ हजार बढी मतले अगाडि,नवलपुरका सबै सिटमा कांग्रेसको अग्रता कायम - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

शशांक ३ हजार बढी मतले अगाडि,नवलपुरका सबै सिटमा कांग्रेसको अग्रता कायम



 नवलपरासी/२३ मंसिर ।

पूर्व नवलपरासीमा प्रतिनिधि र प्रदेश सभाका सबै सिटमा कांग्रेस उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ क्षेत्रमा सुरुदेखि नै लिएको अग्रतालाई शनिबार मध्यान्हसम्म पनि नेपाली कांग्रेसले कायमै राखेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका डा. शशांक कोइराला ३ हजार भन्दा बढी मतअन्तरले अघि छन् । कांग्रेस महामन्त्री समेत रहेका कोइरालाले ९ हजार ११० मत प्राप्त गरेका छन् ।

उनलाई वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका भविश्वर पराजुलीले ५ हजार ७ सय ९१ मतसहित पछ्याइरहेका छन् ।

यसैगरी क्षेत्रनम्बर २ मा कांग्रेसका विष्णुकुमार कार्की ८ हजार २४५ मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका तिलबहादुर महत क्षेत्रीले ७ हजार ४५६ मतले पछ्याइरहेका छन् ।

स्थानीय चुनावमा नेपाली कांग्रेसले जित हातपारेका क्षेत्रहरुको मतगणना भएको कारण नेपाली कांग्रेसले अग्रता लिईरहेको वामगठबन्धनले जनाएको छ । उनीहरुले आफ्नो पकड रहेको क्षेत्रमा मतगणना शुरु भएपछि आफूहरुले अग्रता लिने दावी गरेका छन् ।