नेशनल ईकाई कमिटीको अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

नेशनल ईकाई कमिटीको अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न



दोहा, कतार- नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति कतारको नेशनल इकाईको तेस्रो अधिवेशन एवं प्रशिक्षण कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ ।

दोहाको ढाका रेस्टुरेन्टको सभा हलमा १ डिसेम्बर २०१७ मा भएको उक्त अधिवेशन तयारी समितिका संयोजक गोपाल पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति कतारका संस्थापक सभापति तथा काँग्रेस महासमिति सदस्य नरेन्द्र भाट रहेका थिए ।

दीप प्रज्वलन तथा महामानव बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गरी उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र १ मिनट मौन धारण गरिएको थियो ।कार्यक्रमको पहिलो सेसनमा विशिष्ट अतिथिहरु महामन्त्री एवं काँग्रेस महाधिवेशन प्रतिनिधि मो. अजिज अलि र सल्लाहकार मो. शाकिर अलिले उपस्थित कार्यकर्ताहरूलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि पूर्वमहामन्त्री एवं काँग्रेस महाधिवेशन प्रतिनिधि धिरज चामलिंग राई १२ औ महाधिवेशन प्रतिनिधि अर्जुन खड्का निबर्तमान उपसभापति नुरहसन मिकरानीले शुभकामना दिएका थिए । अन्य विशिष्ट अतिथि जनसमर्क समितिका सहमहामन्त्री केदार भुसाल अतिथिहरूमा इकाईका सभापति हरू जनसम्पर्क समितिका केन्द्रीय सदस्यहरू लगायत रहेका थिए ।

कार्यक्रममा कार्यसमितिलाई सहयोग र योगदान पुर्याए बापत प्रमुख सल्लाहकार अबुबकर अलि सभापति केशव कडेल र ठाकुर कुमार परियारलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।अधिवेशनको बन्द सत्रले अफजल खानको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति सर्वसहमत निर्वाचित गरेको छ भने सल्लाहकार समिति पनि गठन गरेको छ ।
सभापति -अफ्जाल खान
उपसभापति -कुमार पौडेल
सचिव – माधव पौडेल
सह-सचिव-धुर्ब ताम्राकार
कोषाध्यक्ष- शिशिर कंडेल
सदस्यहरू
बिनय शर्मा
जबुल मिया
मोहन रावत
अकबर अलि
यमराज कोइराला
रोशन भट्टराई
प्रमुख सल्लाहकार-अबु अलि
सल्लाहकार सदस्य-केदार भुसाल, सरद पान्डे,गोपाल पोख्रेल, कुमार अविरल पन्थी रहेका छन् ।

कार्यक्रम जनसम्पर्क समितिका सचिवालय सदस्य अबु अलिले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य अफजल खानले राखेका थिए । जनसम्पर्क समितिको सदस्यता लिनेहरुलाई प्रमुख अतिथिबाट सदस्यता पत्र वितरण गरिएको थियो ।