नारी स्वतन्त्रताको अग्रगामी छलाङ्ग - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नारी स्वतन्त्रताको अग्रगामी छलाङ्ग



हरि थापा

मेरो हजुरअामाको उमेर यसै वर्ष नोैँ दशक पुरा हुदैछ। उहाँको पालाको केही रोचक कुरा खोतल्यो भने हामी

जिव्रो टोक्छोैँ। हजुरअामाले हामीलाई सिकाउनु हुन्थ्यो, पर-पाहुना आउँदा उत्ताउलो व्यवहार गर्ने होइन, सोझो, धार्जी भएर ज्ञानी बनेर बस्नु पर्छ।

फलानाको छोरा छोरी, फलानाको नाता नातीनी कस्ता रहेछन् उम्रिदै तिन पातको,मान्छेले भनेको राम्रो हुँदैन।पढ्ने लेख्ने बास! राम्रो पढ्नेलाई माया साथै पुरस्कारको व्यवस्था पनि हुन्थ्यो जेठो कान्छो जो परीक्षामा पहिलो हुन्छ उसलाई घडी किन्दिने,नयाँ स्कुल ड्रेस हाल्दिने सर्त राख्नु हुन्थ्यो। पहिलो हुँदा पाईयोकी पाईएन त्यो चैँ याद छैन।

हामीलाई यस्तो सभ्य कुरा सिकाउनुको पछाडि के ‘लजिक’ छ होला दाजुभाइ कुरा गथ्योैँ ।
खुस हुदाँ हजुरअामा अनि रिस उठ्दा छुची बुढी भन्न पनि पछि पर्दैन्थ्योैँ हामी दुई भाइ। हजुरआमाको हातबाट खाएको चडकन अझै मानसपटलमा ताजा छन।

वास्तबमा हजुरआमा कुनै विश्वविद्यालयको प्राध्यापक पनि होइन। क-ख सम्म पढ्न जान्नु हुन्न। पैसाको कारोबार भने खरो गर्नुहुन्छ । “बिसा बिसा” को गिन्ति गर्दै लाखोैँ को हिसाब गर्नुहुन्छ। उहाँको परिपक्कता हामीलाई गर्ने गाईडको पाटाबाट हेर्ने हो भने प्राध्यापकको भन्दा कमी ज्ञान चाहिँ छैन।

हामीलाई यसो भनिरहदा, हजुरअामा चाहिँ फेरि हजुरबा ले भान्छा नबसे सम्म दिनभरि पनि खाली पेट बस्नु हुन्थ्यो। हजुरबा बजार जाँदा होस वा घुमफिर मेलापात उहाँले खाना नखाए सम्म दुई दिन किन नहोस् हजुरअामा पर्खिएरै बस्नु हुन्थ्यो।

फेरि हजुरबा पनि घुमफिर वा हाट बजारबाट अाईसकेपछि सिधै भान्छामा कस्योैँडीमा खाना हेर्नु हुन्थ्यो। यदि खाना झिकेको छ भने उहाँ भान्छा बस्नु चलन थिएन ।

मेरो ममिको पालामा ममिलाई ग्यास्टिक समस्या भएको कारण खाली पेट बस्न नहुने डक्टरको सल्लाह बमोजिम ममिले चाहिं बाबा लाई पर्खिनु हुन्थेन। तर बाँकी खुट्टा ढोग्ने, खुट्टाको पानी खाने चलन हजुरअामाको पालाको यथावत नै थियो।

दाइको दिदीको पालामा अलिक फरक देखियो दिदीलाई ममिले कुर्ता सुरुवाल लगाउने इच्छा व्यक्त गर्दा, अहँ ममिले हुँदैन जान्नी न हो। साडाँ नबनेस त भन्दै फरिया चोली नै किन्दिनु हुन्थ्यो। अनि भाउजुहरुले पनि फरिया चोली नै लगाउनु हुन्थ्यो। दाईहरु बिवाह पछि कमाउन सहर छिर्नु भयो। चाडपर्वमा मात्र गाउँ घर फर्किनु हुन्थ्यो।

दाईहरु सहर बस्ने हुँदा भाउजुहरु खुट्टा ढोग्ने, खुट्टाको पानी खाने श्रीमानले खाना नखाएसम्म पर्खिरहने अवसर बाट बन्चित हुनु भयो। समय समयमा वर्त चाही बस्नु हुन्थ्यो । हरितालीका तिज, कृष्ण जन्मअष्टमी यस्ता पर्वमा वर्त बस्ने चलन कायमै छ। भाउजुहरुले पनि कहिल्यै आधा शरीर ढाक्ने कपडा लगाएको देखिन। धूम्रपान गर्ने बानी भए पनि लुकिलुकि गर्नुहुन्थ्यो कहिले काही अाफन्तले देखिहाले पनि हातको हातैँ पच बनाउनु हुन्थ्यो।

अब अाईपुगे आफ्नै पुस्ता एसएलसी उतिर्ण पछि सहरमा पढ्ने निर्णय गरे अनि सहर छिरे सुरुमा सहरको वातावरण कस्तो कस्तो नयाँ नलागेको हैन । लवाई खवाईकै कुरामा पनि आकाश जमिनको भिन्नता थियो। ममिको उमेरको अान्टीहरुले कट्टु लगाको देख्दा म मेरी आमा सम्झन्थे। अनि दिदीलाई शरीर छोप्ने कपडा लगाउनु पर्छ भनेको कुरा मनमा खेलिरहन्थ्यो । हाम्रो स्कुलको केटी साथीहरूले कहिल्यै पाईन्ट र स्कट लगाको देखिन। फुल सुरुवाल अनि सट फ्रक लगाएको मात्र देखेको थिई।

कलेजको सुरुवातमा केही नोैलो आभास भएकै हो । बिस्तारै बानी पर्दै गए । पछि सामान्य लाग्न थाल्यो।सुरुसुरुमा केटी साथीहरूले स्कट मात्र लगाएर आउँदा आफूलाई केही असहज महसुस हुन्थ्यो।उनीहरूका आमाले कट्टु लगाउछन अनि छोरीहरुले यति लगाउँदा कुन ठुलो कुरा भो र !

जे भए पनि छेउमा बसेर पढ्दा बेला बखत टचहुँदा ज्यान मा झट्का लागेर सिरिङ्ग नभएको चाहिँ हैन यी तितामिठा पलहरू पनि विर्सेको छुईन। केही समय पछि बिस्तारै बानी परे।

त्यति मात्र कहाँ हो र ! कहिले काही कलेजमा प्रोगाम हुँदा होस वा पिकनिक जाँदा युनिफर्म अनिवार्य थिएन अरू बेला चाही जबरजस्त लगाउनै पर्थ्यो। अरू बेला सर्ट टाई पाईन्ट, अथवा सट टाई स्कट लगाउँदा सेतो खुट्टा, तिघ्रा बाहेक अरू देख्न पाईदैन्थ्यो।

जब कलेजमा विशेष प्रोगामहरू हुन्थे त्यस बेला केटी साथी (नारी) हरुलाई खुलेरै मनभरि हेर्न पाईन्थ्यो मज्जाले नयनहरुलाई खुराक पुग्थ्यो । सहरका अान्टीका छोरीहरुको नाईटोमा मुद्रा स्तन को बिचमा ट्याटु छर्लङ्ग देखिन्थे।

अनि माथि छोप्दा तल उदाङ्गो तल छोप्दा माथि उदाङ्गो टालो गुतेर आउने पनि कमी थिएनन । त्यहाँ जे चल्थ्यो उनीहरूको चल्थ्यो । केटाहरू रमिते बनेर अाक्रमक रूपमा निशाना बनाई हेरिरहन्थे। एक पुस्ता अगाडी कट्टु लगाउथे, अहिले मुन्द्रा सम्म अाईपुग्यो अब को पुस्ता कता जाला ?

ती अनेक किसिमका ट्याटु लाई हामी केटाहरुले हेरेको हैन हामीलाई हेरिरहेको जस्तो महसुस लाग्थ्यो। अनि र्‍याल काढी हेर्दे मुख मिठ्याउदै बस्थे मेरा साथीहरू, माहौल पनि त्यस्तै हुन्थ्यो यो कलेज हैन कुनै फेसन सोमा आइरहेका छोैँ । अनि यहाँ फेसन सो गर्न स्वर्गकी परिहरु आइरहेका छन ।

अनि फेसन पनि परिहरुको जस्तो गरेर आएका हुन्थे, बतास चले त्यो परीको कपडा हावाँमा खोज्न जानु पर्थ्यो ।सायद त्यो परीको कपडा हावाँले उडाई लगे खोज्न जानुपर्ने काम पनि हाम्रै हुन्थ्यो हामी काम नभएका रमिते थियोैँ ।
अनि म आफै लज्जाउथे त्यो दृश्य देख्दा मन भित्रबाट काउकुत्ती लागेर अाउथ्यो।

हिजो आज एउटी दिदी (नाम गोप्य)सामाजिक सञ्जालमा तथानाम बोल्दै बोैँलाउछिन, उनले बोल्न हुने नहुने केही बाँकी राख्दिनन। त्यति मात्र हैन छोप्न पर्ने कुरा पनि छोप्दिनन् सिधै ड्रिङ्कस, स्मोक पनि सामाजिक सञ्जालको लाईभमा आएर गर्छिन ।

लाग्दैन मलाई पुरुष प्रदान देश भए पनि यति धेरै हद पुरुष स्वतन्त्रता भए पनि यतिविध्न सीमा नाघ्दैनन होला  र मैले त्यति साह्रो तुच्छ शब्द बोल्दै उदाङ्गै भएको देख्या पनि छैन, र देख्नु पनि नपरोस् ! मलाई लाग्यो यो नारी स्वतन्त्रता भित्रको अहङ्कार पनि हुन सक्छ । तर यो सबैमा लागु हुँदैन सभ्य नारीको विषयमा अलिकति पनि कदापि यस्तो सोच्न सकिँदैन यो जुन आजकल भाईरल बन्ने उश्रृङखल बन्ने नारीहरू प्रति मात्र लक्षित छ।

फेरि आजकल सुन्दै छु बिवाह गर्दा पनि नारीहरूको सर्त हुन्छन् अरे ! हितैसि साथीले केटी हेर्न जाँदा केही सर्तहरू केटी पक्षबाट प्रस्तावित भयो रे ! प्रस्ताबहरु यस्ता थिए।
बिवाह पछि श्रीमतीको कपडा धोईदिन्छोैँ कि नाई ?
श्रीमतीले श्रीमानको खुट्टाको पानी खान हुन्छ बिवाह पछि श्रीमतीको खुट्टाको पानी खान्छोैँ की नाई ?
जति महिलाले घरका काम गर्छन् तिमी बिवाह पछि घरका काम गर्छोैँ कि नाई ? आदि इत्यादि।

समाजको यथार्थ यस्तै छ तर अब यस्ता परम्परालाई नारी पुरुष मिलेर परास्त गर्नुको साटो उल्टै ईगो लिएर समस्या माथि समस्या थप्ने काम भइरहेका छन् ।

यस्ता विकृति धेरै छन् के ती सबै नारी स्वतन्त्रता भित्र नै पर्छन त ? सकरात्मक कुरामा छलांग मारेको भए त राम्रै हुन्थ्यो आजकल नकरात्मक कुरामा बढी केन्द्रित छन्।