नम्रता (प्रेम कथा) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नम्रता (प्रेम कथा)



 खै त आज नम्रता आइनन ?´ प्रतीक्षाको घडीले सीमा नाघेपचि मैले क्लास जाने बेलामा मन्दिरालाई सोधे । ` नाइँ आज आइन । खै के भएछ ?? सधैँ आईराख्ने मान्छे आज किन आइन । मन्दिराले सिधा जबाफ दिइन । मन्दिरा नम्रताको एकदम मिल्ने साथी उनीहरू प्राय सँगै आउथे । उनकै यस्तो जबाफले मनमा निक्कै निराशापन छायो । मन्दिराको जबाफको हरेक शब्दहरू मेरो लागि चट्टान साबित भए । हरेक शब्दले यसरी थिचे जस्तो लाग्यो कि म चट्टानसहितको सुख्खा पहिरोमा पुरिदैछु । शरीर शिथिल भए जस्तो लाग्यो । के हो विशाल नम्रता न आउँदा त तिमी त सब चिज हराउदा जस्तो निराश हुन्छौ त ? के हो लप पर्याछ कि क्या हो तिमीहरूको??´ मन्दिराले जिस्क्याउदै भनिन् ।  होइन त्यस्तो काहाँ हुनु ? काहाँ उनी क्लासको टपर अनि काहाँ म जेनतेन पास हुने मान्छे?सँगै बस्ने बेन्च पार्टनर भएर पो सोधेको त ।´ मैले नाटकीय हासोको साथमा भने ।

नम्रता मेरो बेन्छ पार्टनर । कलेजको पहिलो दिनदेखि नै एउटै बेन्कमा बस्थ्यौ हामी । नाम जस्तै निक्कै नम्र स्वभावकि थिइन् उनी । उनका साना साना चिम्सा आँखामा म प्रेमिल समुन्द्र देख्थे ,सधैँ पौडिरहु झैँ लाग्ने सधैँ डुबिरहु झैँ लाग्ने । उनको केचनाकल जस्तो नाक । अनि उनका हल्का मुस्कान छर्दै बोल्न सिपालु त्यो ओट चुमिहालु झैँ लाग्थे । कहिलेकाही मेरो नोट छुट्दा सार्नलाई म उनको नोटकपी माग्थे । उनका अक्षर र उनको आँखा उस्तै लाग्थे मलाई दुवै साना साना । उनका आँखा जस्तै उनका कपिका अक्षरहरु सलबलाई रहे झैँ लाग्थ्यो मलाई । अझ कुनै कुनै अक्षर त बोले झैँ लाग्थ्यो । भरे अनलाइनमा भेटौ है भनिरहे झैँ लाग्थ्यो । यी सबको अलवा म उनको व्यवहारबाट मोहित थिए म उनी प्रति । कलेज सुरु भएको दिनदेखि आज सम्ममा मेरो मनलाई पनि टप गरेर,टपर बनेर बसेकि थिइन मेरो मनमा ।

उनको अभावले आज पढाइमा खासै मन गएन । बस क्लासमा उपस्थितिको बाहाना मात्र निभाईरहे । ब्रेकमा पनि बाहिर जान मन लागेन । त्यसै टोलाएर बसिरहे क्लासमै । आजको दिन त्यसै बिताए । कलेजमा उपस्थिति त जनाए तर के पढे के गरे म आफैलाई थाहा भएन ।

एक दिन उनले ब्रेक टाइममा गफै गफमा सोधेकी थिइन-` यस्तो साहित्यमा रुचि भएको मान्छे मुक्तक गजलहरु लेखिराख्ने मान्छे गर्लफ्रेण्ड त छ होला नि ?´ ` हेहे म त्यस्तो भाग्यमानी काहाँ छु र ?? नो गर्लफ्रेण्ड टु लेट । तर एक जना मनमा बसेकी छिन कहिल्यै नमेटिने गरी । यति भनिसक्दा घण्टी लागेको थियो त्यो दिन । त्यै दिन भन्न मन थियो ` हरेक दिन हरेक पल तिम्रो मात्र याद आउँछ नम्रता । हरेक पल तिमीसँग रहन चाहन्छु । अब आउने हरेक पलहरुमा तिम्रो अनि मेरो प्रेमिल रंगहरुले भरेर बिताउन चाहन्छु म ।

बर्षौ वर्षपछि समय बद्लिने छ, हालत बद्लिने छ, मान्छेहरू बद्लिने छन् तर मेरो प्रेम त्यो बेला सम्म पनि उस्तै रहनेछ । आइ लब यु नम्रता ।´ तर यथार्थ र कल्पना निक्कै फरक हुँदो रहेछ ।अनि यी प्रेमिल बोली पनि निक्कै डरपोख हुँदा रहेछन् मन भित्र लाखौँ पेज भएर गुम्सिएर बस्न सक्ने तर अलिकति हिम्मत जुटाएर आवाजको माध्यम भएर उनको कानसम्म पुग्न नि नसक्ने । त्यो दिन क्लास जाँदै गर्दा उनले भनेकी थिइन-`यदि कोही मनमा बसेको छ भने भित्रै देखि चोखो माया गरेको छौ भने भनी हाल है । ढिलो गर्नु हुँदैन । फिल्म हेरेका छैनौ ?´ केवल मुस्कुराएको थिए त्यो दिन म सँगै उनी पनि ।

आज उनको अभावमा निक्कै सम्झे त्यो दिन । मनमा सदैव डर थियो । उनले अस्वीकार गरिन भने एउटा रान्रो साथी पनि गुमाउछु कि भन्ने तर आज हिम्मत जुटाए मैले उनलाई भन्छु भन्छु भनेर । आखिर उनैले त भनेकी हुन ढिलो गर्नु हुँदैन भनेर । हो आज त भन्छु भन्छु म । यही निष्कर्ष निकाले आज मैले ।

उनीसंगको मित्रता बढेसंगै एउटा नियम राखेका थियौ । साझ सबै काम सकिएपछी मिसकल हानेर जानकारी दिँदै म्यासेन्जरमा उपस्थित हुनु पर्ने । आज मलाई यो समयको व्यग्र प्रतीक्षा भयो । नौ बजे सबै काम सक्काए । उनलाई मिसकल दिन आज मनले आट्न सकेन । उनकै मिसकलको प्रतीक्षामा बसिरहे छतमा गीत सुनेर बसिरहे । करिब सवा नौ बजे मोबाइलमा मिसकल आयो हेरे उनकै रहेछ ।

चिसो पानीले प्यास मेट्दा जस्तै भन्यो मलाई । मनमा उनलाई भन्न भनेर उकुसमुकुस भैरहेका शब्दहरू उफ्रिन थाले मन भित्रै ।हतार हतार म्यासेन्जर खोले । उता बाट म्यासेज आइसकेछ । `हाई´ `हाई! के छ खबर ?? आज किन कलेज न आएको?? सन्चै त छौ??´ आज त जसरी नि प्रपोज गर्छु उनलाई भन्ने प्रण सहित मनमा उफ्रिरहेका कुराहरूलाई बिस्तारै लाइन लगाउदै यत्ति लेखे । फेरि उनलाई एक्टिभ अबाउट २ मिनेटस एगो देखायो म्यासेन्जरले जति रिफ्रेस गर्दा नि भएन मोबाइल ह्याङ्ग भयो कि भनेर अफ गरे अनि हतार हतार अन गरे उनको रिप्लाई आएको रहेछ । हतार हतार खोले । लेखिएको थियो-` म ठिकै छु । खासमा आज मेरो इङगेज्मेन्ट थियो । हतार हतार भयो त्यसैले बोलाउन पाइन । नरिसाउ है । यही आउदो ७ गते मेरो बिहे छ । आउनु है ।´

©विशाल थापा
निस्दी ५ ढुङ्गानाबेसी पाल्पा