२०७५ जेष्ठ ६, आइतवार

दुई हजारको नोटले २ करोड ६० लाखको पोल खुल्यो !

May 17, 2018
75 Views
Spread the love
  • 135
    Shares

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट रु दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित छ जनालाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको सक्रियतामा उक्त रकमसहित सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, काठमाडौँका माधवराज वाग्ले, धादिङका प्रकाश सुवेदी र भक्तपुरका विवेक नापीतलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग हुने मेसिन सार्वजनिक गरेको हो । मेसिन र पैसा छाप्दै गर्दाको प्लेटसमेत प्रहरीले सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा परिसरका प्रमुख विश्वराज पोखरेलले सीधासाधा जनतालाई ठग्नका लागि नक्कली नोट छापेको अनुसन्धानमा खुलेको जानकारी दिए । उनले होटल रेष्टुरेन्टमा पैसा तिर्ने, यौनकर्मीले प्रयोग गर्ने, जुवा खेल्न प्रयोग हुने, लागुऔषध कारोबारी हुने र सक्कलीमा मिसाएर नक्कली पैसा बजारमा जाने भन्दै सबैलाई सचेत रहनसमेत आग्रह गरे ।

रु एक लाखलाई रु १० हजारमा बेच्ने गरेको समेत प्रहरीले अनुसन्धानमा फेला पारेको छ । राष्ट्रबैँकलाई समेत नक्कली पैसाबारे जानकारी गराइसकेको प्रमुख पोखरेलले बताउनुभयो । बरामद गरिएको नेपाली नक्कली नोट अहिलेसम्मकै सबैभन्दा ठूलो रकम भएको प्रहरीले जनाएको छ ।

कसरी समातियो नक्कली नोट ?

काठमाडौँको नयाँ बसपार्कमा बाबुराम कँडेलले सञ्चालन गरेको सुमधुर क्याफे तथा खाजाघरमा सुर्खेतका महेन्द्र बोगटीले खाजा खाएको बिल तिर्दा रु दुई हजार तिरेर हिँडेको र सोही नोट नक्कली भएपछि गोँगबु प्रहरीलाई खबर गरेर सोधखोज गर्दा रु एक लाख २० हजार नगद बरामद गरिएको प्रभागका प्रमुख प्रताप पौडेलले जानकारी दिए ।

‘बोगटीले दिएको सूचनाका आधारमा जेठ १ गते विहान सुजित तामाङ, साजन तामाङलाई लुभुुबाट नक्कली नोट रु सातलाख ४३ हजारसहित नियन्त्रणमा लिएका हौँ,’– पौडेलले भने ।

यसैगरी समातिएका तीनै जनाको बयानका आधारमा आज दिउँसो काठमाडौँ महानगरपालिका चारढुंगेस्थित तेजेनजङ्ग थापाको घरमा प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा रु दुई करोड ५२ लाख बरामद गरिएको हो ।

उक्त रकम बागबजारस्थित नवज्योति प्रेसका सञ्चालक प्रकाश सुवेदीले सोही स्थानमा सञ्चालित जय भोलेवावा प्रिन्टिङ प्रेसका सञ्चालक विकेश नापीतलाई छाप्न दिने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

पक्राउ परेकाले राष्ट्रबैँकको अनुमति विना नै नक्कली नोट छापेको पाइएको छ । नक्कली नोट छाप्नेलाई विगोबमोजिमको जरिवना गरी दश वर्ष कैद हुने कानूनी व्यवस्था रहेको छ । रासस

Facebook Comments
  • 135
    Shares

You may be interested

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !
राजनीति
0 shares5 views
राजनीति
0 shares5 views

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !

himal post - २०७५, ६ जेष्ठ १७:२३

झापाको दमक नगरपालिकाले वडा नं. ७ मा रहेको आफ्नो स्वामित्वको ११ कट्ठा ५ धुर जग्गामा बनेको घर टहरा शनिवारबाट डोजर…

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !
राजनीति
0 shares12 views
राजनीति
0 shares12 views

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !

himal post - २०७५, ६ जेष्ठ १७:०३

वीरगन्ज – नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । नेपाली…

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)
राजनीति
0 shares13 views
राजनीति
0 shares13 views

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)

himal post - २०७५, ६ जेष्ठ १६:५९

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ । एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन…