२०७५ जेष्ठ ६, आइतवार

नाकाबन्दीले आप्रवासी चपेटामा

November 28, 2017
94 Views
Spread the love

ओम प्रकाश बानियाँ/दोहा,कतार

जब तपाईँ आफ्नो मेहनत, परिश्रमले अगाडि बढ्ने कोसिस गर्नु हुन्छ तब तपाईँलाई पछाडि बाट खुट्टा तान्नेहरु धेरै हुन्छन् । चाहे त्यो एक व्यक्तिले अर्को व्यक्तिलाई होस् या एउटा देशले अर्को देशलाई होस् । यस्तै अहिले छोटो समयमा विकासको निकै फड्को मार्ने सफल कतारलाई साउदी अरेबियाको नेतृत्वमा युनाईटेड अरब ईमीरेट्स (दुबई), बहराइन लगायत ९ वटा देशले संयुक्त रूपमा नाकाबन्दी लगाएको करिब छ महिना बितिसक्यो ।

आतंककारीलाई संरक्षण र आर्थिक सहयोग गरेको भन्दै जुन ६ देखि १३ बुदे माग सहित औपचारिक रूपमा जल, स्थल र हवाई नाकाबन्दी खेपेको कतारले अहिले सम्म पनि नाकाबन्दीलाई खुकुलो पार्ने सफल भएको छैन । तर कतारका उच्च अधिकारीहरू भने यो आरोप निराधार र कपोकल्पित मात्र रहेको बताउँदै आएका छन् । साउदी अरब, युनाईटेड अरब ईमीरेट्स युएई, बहराइन का आधा दर्जन भन्दा ठुला कम्पनी अहिले बन्द हुने अवस्थामा छन् । अरू विभिन्न ठुला तथा साना कम्पनीले पछि सहज भएपछि बोलाउने आश्वासनमा कामदारलाई आफ्नो मुलुक पठाउन थालेका छन् । कति कम्पनीले रिलिज पेपर दिँदै अर्को कम्पनीमा पठाउदै छन् । रेमिटेन्सले चलेको हाम्रो देशमा यसरी रोजगार गुम्दा नेपाल र नेपालीहरूलाई धेरै घाटा हुने देखिन्छ ।

मिनी नेपाल भनेर चिनिने कतारमा ४ लाख नेपालीको बसोबास रहेको छ । २०१४ को तथ्याङ्क अनुसार कतारमा २३ लाख मानिस बसोबास गर्दै आएका छन् । कतारको आफ्नो नागरिक ३ लाख १३ हजार रहेको तथ्याङ्कले देखाउछ । नेपालले प्राप्त गर्ने रेमिटेन्समा पछिल्लो समयमा कतारको योगदान १०-१८ प्रतिशत रहदै आएको छ । नेपाल श्रम मन्त्रालयले दिएको तथ्याङ्क अनुसार अहिलेसम्म साढे १२ लाखले कतारमा रोजगारको श्रम स्वीकृति लिएको छन् । हाल कतारमा रहेको अप्रावासीको सङ्ख्यामा नेपाल दोस्रो नम्बरमा आउँछ । पहिलो नम्बरमा भारतीय नागरिक आउछन् उनीहरू ६ लाखको हाराहारीमा रहेका छन् ।

११ हजार ५ सय ७१ वर्ग किलोमिटर क्षेत्रफल रहेको कतारमा २३ लाख जनसङ्ख्या रहेको छ । यानिकी १३ % मात्र कतारीहरु बसोबास गर्छन् । बाकी सबै रोजगारीका लागि कतार आएकाहरु बसोबास गर्छन् । यहाँको प्रतिब्यक्ती आय १ लाख ४५ हजार ८ सय ९४ डलर छ । जुन सन्सार कै सबैभन्दा बढी प्रतिब्यक्ति आय भएको देश पनि हो । कतारको तुलनामा नेपालको प्रतिब्यक्ती आय निकै न्यून छ । जम्मा ८ सय ३७ डलर । नेपाल राष्ट्र बैकको पछिल्लो अध्ययन अनुसार नेपालमा प्रतिपरिवार ६ हजार ५ सय १४ रुपैयाँ मासिक रेमिटेन्सको रूपमा नेपाल भित्रिने गर्दछ ।

कतारमा गर्मीमा असाध्यै ५५ डिग्री सम्म गर्मी हुन्छ भने जाडोमा असाध्यै जाडो हुन्छ । सरदर यहाँ कामदारहरूको सेल्लरी ९-१५ सय कतारी रियल रहेको छ । नेपाली २८-३५ हजार सम्म हुन्छ । तर धेरै नेपालीहरू ठुला-ठुला पोजीसन र आफ्नो कम्पनी समेत खोलेर नबसेको भने होइन । यहाँ लेवरहरुको क्याम्प सनैया, साहनिया, दुखान, रसलाफान आदिमा छन् । यस्तै यहाँका घुम्ने ठाउँहरू मल अफ कतार, पर्ल कतार, भिलाजु, कर्नेच, कतार जु, एसपाएर पार्क, कटरा कल्चरल भिलेज, एटेट ग्रेन्ड मस्जिद, सेफ खलिफा, म्युजियम इस्लाम आर्ट आदि यहाँका प्रमुख पर्यटकीय स्थलको रूपमा चिनिन्छ । अहिले यी ठाउँहरू प्राय त्यति भिड देखिँदैन । यहाँ इस्लाम ६८.२%, क्रिश्चियन १५.८%, हिन्दु ११.३%, बौद्ध धर्मलम्वी ३.१% र अन्य धर्म लम्बीहरु ०.७% रहेको छ ।

२०१२ मा बिस्वकप सन्चालनको लागि दोहाका विभिन्न ठाउँमा आधा दर्जन स्टडियम धमाधम बनिरहेका छन् । स्टडियम सँग जोडन मेट्रो रेल, आकाशे पुल, लगायत सडकहरुको काम घमाघम भइरहेको छ । यी कामहरुमा नेपाली कामदारहरु उल्लेखनीय सङ्ख्यामा छन् । कतिले नाकाबन्दीले गर्दा समयमा यी कामहरू समयमा नसकिने हुन् कि भन्ने विश्लेषण पनि गर्दै आएका छन् । तर कतारका अधिकारीहरू भने अहिले ४५% काम सकिएकोले समय अवधि भित्र नै यी काम सकिने बताए ।

दोहाका सङ्घ सस्थामा आबद्ध, समाजसेवी एवम् लामो समय कतारमा व्यवसाय गर्दै आउनु भएका टि बी कार्कीले आफू नाकाबन्दीको मारमा परेको बताए। उहाँ थप्नु हुन्छ दुबई, साउदी अरब बाट आउने सामान रोकिएको छ हवाई मार्ग प्रयोग गर्दा कष्ट महगो पर्ने जान्छ । हामी जस्तो सानो व्यवसाय झन् मारमा परेका छौँ । रोजीरोटी जुटाउने सक्रिय ठुलो शक्ति कतारमा हुनुले खाडी सकटको असर नेपाल सम्म पनि थोरै तिनो परेको उनी बताउछन् ।

कतार सँग साउदी अरबको जमीनी नाका जोडिएको छ । त्यो बन्द हुँदा ताजा तरकारी फलफुल आयत हुन् पाएको छैन । हवाई मार्गबाट आउँदा महगो पर्ने जान्छ । कतारमा रेस्टुरेन्ट व्यवसाय गर्दै आउनु भएका दीपक बस्याल भन्नु हुन्छ लामो समयको नाकाबन्दीले गर्दा हाम्रो व्यवसाय धरापमा पर्दै गएको छ । एउटा सामान भेटिए पनि अर्को आईटमको सामान पाउदैन पाए पनि महगो पर्छ । ग्राहकलाई महगोमा बिक्री गरौँ उनीहरू मान्दैनन् । व्यापारमा निकै कमी आएको छ । यति बेला नाफा भन्दा पनि आफ्नो स्टाफ पाल्नलाई धौ-धौ परेको गुनासो छ ।

ग्यास र तेलमा मनग्य आम्दानी गरेको कतारले खाध्यनमा भने छिमेकी देशको भर पर्नु पर्ने हुन्छ । खाद्यान्न आयत गर्दा स्थल मार्ग समेत छिमेकीको प्रयोग गर्नुपर्छ । कतारले प्रमुख रूपमा स्थल मार्ग प्रयोग गर्ने साउदी अरेबिया नै यतिखेर नाकाबन्दी गर्ने राष्ट्रहरूको नेतृत्व कर्ता हो । ठुला-ठुला सुपर मार्केटमा समेत सामानको भाउ महगो हुन् थालेको छ । १ रियल पर्ने सब्जी अहिले ७-८ रियल सम्म छ । कागती, गोल्भेडा, घनियाको दाम बढेकोले एक महिनामा २०० रियलले खाना खाने अहिले ३५०-४०० रियल सम्म पर्ने गएको पोखराका नवीन कार्की बताउछन् । उनी भन्छन् गोलभेडा त सटेज जस्तै हुन्छ । पाई हाल्यो भने महगो पर्ने जान्छ आजकाल सब्जीमा गोल्भेडा समेत हाल्दिन ।

नेपाली नियगका दृतिय सचिव हरि प्रसाद अर्यालले भने अब नाकाबन्दीको असर चाडैं नै हटी पहिला कै अवस्थामा आउने बताउनु हुन्छ । नाकाबन्दीले गर्दा यहाँका नागरिक र अप्रावसी माथि पर्ने गएको असर बुझ्न् अहिले रास्ट्रसंघ को उच्चस्तरीय टोली र विभिन्न देशको प्रतिनिधिहरू कतार आएका र यसलाई खुलाउन प्रयास भइरहेको बताउनु हुन्छ ।

नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराएर नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको कतारले यस किसिमको लामो समय सम्म नाकाबन्दी भोग्नु सिरिफ कतारको लागि मात्र नभई नेपालको लागि पनि दुर्भाग्य र दु:खद कुरा हो ।

Facebook Comments

You may be interested

गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगारमा सिन्डिकेट लगाउने ४८ व्यवसायी पक्राउ
प्रवास
0 shares6 views
प्रवास
0 shares6 views

गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगारमा सिन्डिकेट लगाउने ४८ व्यवसायी पक्राउ

himal post - २०७५, ६ जेष्ठ २१:०३

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा प्रहरीले आइतबार काठमाडौँका विभिन्न ठाउँबाट वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरूको स्वास्थ्य…

सन्दीपले कमाल देखाए, अन्तिम खेल पनि दिल्लीलाई जिताए !
खेलकुद
0 shares13 views
खेलकुद
0 shares13 views

सन्दीपले कमाल देखाए, अन्तिम खेल पनि दिल्लीलाई जिताए !

himal post - २०७५, ६ जेष्ठ २०:३२

दिल्लीको घरेलु मैदानमा भएको आइपिएल क्रिकेट अन्तर्गतको ५५औं खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सनसनी मच्चाएका छन्। चार ओभर…

आजको खेलमा सन्दीपको धामाका, ३ विकेट लिए !
खेलकुद
0 shares12 views
खेलकुद
0 shares12 views

आजको खेलमा सन्दीपको धामाका, ३ विकेट लिए !

himal post - २०७५, ६ जेष्ठ १९:३३

नयाँ दिल्ली– सन्दिप लामिछानेले आईपीएलमा मुम्बई इन्डियन्सबिरुद्ध कमालको खेल प्रदर्शन गर्दै छन् ।  ओपनिङ्ग बलिङ्ग गर्न आएका सन्दिप लामिछानेले पहिलो ओभरमै…