नागरिकको सेवा गर्ने सेवक बन्नका लागि भोट दिनुस् : विष्ट - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नागरिकको सेवा गर्ने सेवक बन्नका लागि भोट दिनुस् : विष्ट



गुल्मी, कात्तिक २२ ।

आउँदो मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि चुनावी प्रचारमा निस्किएका एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का वाम गठबन्धनका साझाउम्मेदवार विष्टले किसानको खेतमै चुनावी सभा गरेका छन् ।

घरदैलो कार्यक्रम अन्तर्गत बुधबार मुसिकोट नगरपालिका–५ आँपचौरमा धान भित्र्याउने तयारीको लागि खेतमा ब्यस्त बनेका किसानको सहजताका लागि विष्टले खेतमै किसानसँग छलफल गरेका हुन ।

विष्टले नागरिकको हकअधिकार स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउदै भने, ‘कोही मन्त्री हुन्छु भोट दिनुस भन्छन्, तर म मन्त्री र मुख्य मन्त्री हुने नभई नागरिकको सेवा गर्ने सेवक बन्नका लागि भोट दिन आग्रह गर्दछु ।’