अनेरास्ववियु क्रान्तिकारीद्वारा लेखा समिति सभापति उपाध्यायलाई स्वागत - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अनेरास्ववियु क्रान्तिकारीद्वारा लेखा समिति सभापति उपाध्यायलाई स्वागत



विजय पौडेल /कपिलवस्तु, माघ २२  ।जिल्लाको क्रियाशील विद्यार्थी सङ्गठन अनेरास्ववियु  क्रान्तिकारी कपिलवस्तुको आयोजनामा नेकपा माओवादी केन्द्रका सांसद तथा नव निवार्चित संसद्को लेखा समिति सभापति डोर प्रसाद उपाध्याय (निर्मल कुमार)लाई स्वागत तथा सम्मान गरिएको छ ।

सङ्गठन विभाग प्रमुख जी एन पाण्डेको अध्यक्ष्तामा भएको कार्यक्रममा  विद्यार्थी नेताहरूले सभापति उपाध्यायको सफल कार्यकालको शुभकामना दिएका थिए । प्रमुख अतिथिको आसनवाट बोल्दै सभापति  उपाध्यले अनेरास्वविय क्रान्तिकारीले सधैँ विद्यार्थीको हक अधिकारको लागि काम गर्नुपर्ने बताए ।

साथै उनले अनेरास्ववियु  क्रान्तिकारीका एजेन्डा स्थापित गराउन स्ववियु चुनावमा होमिन निर्देशन दिए ।सभापति उपाध्यायले विद्यार्थीहरूको कार्यलाई आफूले सहयोग गर्ने समेत आश्वासन दिए । कार्यक्रममा पूर्व बिद्यार्थी  पाण्डेले अनेरास्ववियु क्रान्तिकारीले स्ववियु चुनाममा राम्रो स्थान हासिल गर्नुपर्ने भएकाले सोको लागि मार्गदर्शन दिए ।दयाराम पौडेलको सञ्चालनमा रहेको कार्यक्रममा जिल्लाका क्रियाशील अनेरास्ववियु क्रान्तिकारी विद्यार्थीरुको उपस्थित रहेको थियो ।