नदालले एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नदालले एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते



काठमाडौं। स्पेनिस टेनिस खेलाडी रफाईल नदालले कीर्तिमानी एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

क्ले कोर्ट किङको उपनाम पाएका नदालले फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थियामलाई पाखा लगाउँदै करियरमा १७ औं ग्राण्ड स्लाम टेनिसको उपाधि जितेका छन् ।

नदाल अब सर्वकालिन महान खेलाडी रोजर फेडेररको २० ग्राण्ड स्लाम उपाधिभन्दा ३ उपाधि मात्रै टाढा छन् ।

फाइनलमा शीर्ष वरियताका नाडालले चौथो वरियताका अस्ट्रियन थियामलाई ६–४, ६–३ र ६–२ को सेटमा हराए । यो जितसँगै नदाल एउटै ग्रान्डस्लाममा ११ उपाधि जित्ने पहिलो पुरुष खेलाडी बनेका छन् ।

महिलातर्फ भने मार्गेरेट कोर्टले ११ पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । नाडालले सन् २००५ देखि पेरिसमा आफ्नो प्रभुत्व जमाउँदै आएका छन् ।