चौथो लुम्बिनी शान्ति म्याराथन–२०१८ हुने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चौथो लुम्बिनी शान्ति म्याराथन–२०१८ हुने



भैरहवा । भगवान बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा यही फागु पूर्णिमाको दिन, अर्थात् मार्च १, २०१८, मा चौथो लुम्बिनी शान्ति म्याराथन हुने भएको छ ।

आयोजक संस्था लुम्बिनी पिस म्याराथन एडभेन्चर स्पोर्ट्स नेपालले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी म्यारथन बारे जानकारी गराएको हो । लुम्बिनी क्षेत्रलाई विश्वभरका बौद्ध धर्मालम्बीको मुख्य तीर्थस्थलका रूपमा विकास र प्रबद्र्धन गर्न, देशमा आध्यात्मिक खेलकुद गतिविधिको विकास र प्रवद्र्धन गर्न, मायादेवीले भगवान बुद्धलाई लुम्बिनीमा जन्म दिएपछि नाबालक सिद्धार्थ गौतमलाई बोकेर आफ्नो दरबार फर्केको बाटोलाई माता मायादेवी सुत्केरी बाटोको रुमपा विकास गरी विश्व पर्यटन बजारमा प्रबद्र्धन गर्न, लुम्बिनी–कपिलवस्तुलाई तीन बुद्ध (शाक्यमुनि बुद्ध, क्रकुचन्द बुद्ध र कनकमुनि बुद्ध) को पवित्र भूमिको रूपमा विकास गर्न विगत ४ वर्षदेखि निरन्तर म्याथन आयोजना गरिएको लुम्बिनी पिस म्याराथनका संरक्षक विक्रम पाँडे काजीले बताए ।

आयोजकका अनुसार धावकहरूले दौड पूरा गर्दा लुम्बिनी आसपास रहेका बौद्ध सम्पदाहरू, मायादेवी सुत्केरी बाटो र तीन बुद्धको जन्मस्थल भ्रमण गर्न सक्ने गरी म्याराथनको रुट तयार गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै म्याराथनका संरक्षक पाँडे काजीले म्याराथनको मुख्य उद्देश्य लुम्बिनीको प्रचार प्रसार सँगसँगै लुम्बिनी, कपिलवस्तु क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्नु रहेको बताए । भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थल बनेपछि विदेश पर्यटकको संख्या उल्लेख्य बढ्ने जनाउदै पाँडेले लुम्बिनी शान्ति म्याराथनले लुम्बिनीमा क्षेत्रमा धेरै भन्दा धेरै पर्यटक ल्याउन मद्दत पु¥याउने समेत बताए ।

त्यस्तै म्याराथनका रेस डाइरेक्टर ओलम्पिक धावक बैकुण्ठ मानन्धरले लुम्बिनी शान्ति म्याराथन लुम्बिनी क्षेत्रमा थप पर्यटक ल्याउन सहयोगी हुने बताए । उनले नेपाल र भारत, अस्ट्रेलिया, चीनलगायतका देशहरूबाट गरी लगभग २ सय ५० धाबकले लुम्बिनी शान्ति म्याराथनमा भाग लिने अपेक्षा लिएको बताए । ४२.१९८ किमिको फुल म्याराथन, २१ किमीको हाफ म्याराथन र ५ किमी दौड गरी तीन विधामा म्यारथन गराइने छ ।

फुल म्याराथनमा प्रथम हुनेले १ लाखको लुम्बिनी अशोक पुरस्कार, द्वितीय हुनेले ७५ हजारको कपिलवस्तु हुएन सान पुरस्कार र तृतीयले ५० हजारको मायादेवी गार्डेन उथान्त पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै हाफ म्याराथनमा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३५ हजार र तृतीय हुनेले २५ हजार प्राप्त गर्ने छन् ।