कैलालीका यी युवा बिना तालिम अचम्मका मुर्ति बनाउँछन ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कैलालीका यी युवा बिना तालिम अचम्मका मुर्ति बनाउँछन !



विशाल पाण्डेय/कैलाली-
कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुरका दीपक लामिछानेले मूर्ती बनाउने सम्बन्धी कुनै पनि तालिम लिएका छैनन, तर पनि उनले बनाएको मूर्तीहरू हेरेर जो कोही पनि चकित पर्छन ।

२०४७ सालमा कैलालीको घोडाघोडी नगरपालिका-१० घुम्नीभाकलमा बुवा ढलक बहादुर लामिछाने र आमा तुलशा देवी लामिछानेको कोखबाट जन्म लिएका दीपक घरका साइँलो छोरा हुन ।

आफू सानै छँदा बसाइ सरि हसनपुर पुगेका दीपकले आफू भित्र लुकेको अद्भुत कलालाई प्रस्तुत गरी सुदुरपस्चिम क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएका छन ।

मास्टर सकाएका दीपकले आफूमा मूर्ती बानाउने इच्छा जागेर ०७२ सालको भूकम्प जानू पूर्व २ वटा माटोको घरहरू बनाएर आफ्नो मूर्तीको सुरुवात गरेका थिए । ‘पछि भूकम्प गयो अनि धरहराको पनि माटोको मूर्ती बनाए सबैले राम्रो लाग्यो भन्नू भो उहाँहरुको माया , साथ र हौसलाले यस क्षेत्रमा लाग्दा अझ राम्रो हुन्छ जस्तो लाग्यो र अन्य मूर्ती हरू प्रति आकर्षित भएँ उनले भने ।

दीपकले अहिलेसम्म मूर्ती बनाउने कुनै पनि तालिमहरू नलिएको बताए । कुनै पनि तालिम नलिइ अहिले माटोको मूर्ती बनाउँदै आएको छु । कसैले सिमेन्टबाट पनि बनेको मूर्तीको माग गर्नुहुन्छ । ,अब ललितपुरस्थित युनिभर्सिटीमा गएर अध्ययन गरी सिमेन्ट र फाइबरको पनि मूर्ती बनाउने छु , उनले भने । जति मूर्तीहरू बनायो उति नै बनाउन मन लाग्छ ,धेरै जस्तो घाममा बनाउन पर्ने हुँदा भोक , घाम पानी समेत नभनी मूर्ती बनाउँछु दीपकले भने ।

धेरैजसो सिजन अनुसारको मूर्तीको अर्डर आउने दीपकले बताए । एउटा मूर्ती बराबर ५ हजार रुपैयाँ देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री गरेको समेत उनले जानकारी दिए । राजा बिरेन्द्र , रानी एश्वर्या ,शिव, पार्वती ,कुमार ,गणेश ,हनुमान , सरस्वती , दोधरा-चादनिको पुल , कर्णालीको पुल ,ताज महल , स्वयम्भू लगायतका माटोको मूर्तीहरू बनाइसकेको र केही मूर्तीहरू विभिन्न ठाउँका महोत्सव तथा मेलाहरूमा प्रदर्शन गरिसकेको समेत दीपकले बताए ।

अहिले सबैलाई खासै थाहा नभएको हुनाले आफूलाई बाहिरी ठाउँमा मूर्तीहरू बिक्री वितरण गर्न अलि समस्या रहेको उनले बताए । सुरुमा आफ्नो परिवारले पनि सपोर्ट गर्नु हुन्थेन तर सबैले गरेको प्रशंसा र मैले गरेको मेहेनत देखेर घर परिवार खुसी रहेको बताए । साथै दीपकले आफ्नो मूर्तीको प्रचार प्रसार तथा हौसला बढाउनको लागि सबै सञ्चारकर्मी हरूलाई समेत सहयोग गर्न आग्रह गरे।