मुम्बईमा राज्य स्तरीय संयुक्त विजय उत्सव कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मुम्बईमा राज्य स्तरीय संयुक्त विजय उत्सव कार्यक्रम सम्पन्न



 हरी महर मुम्बई

हालै नेपालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनले विजय गरेको उपलक्ष्यमा आइतबार मुम्बईको अधेरी स्थित मारुती हाइस्कुलमा प्रवासी नेपाली सङ्घ भारत र अखिल भारत नेपाली एकता मञ्चले राज्य स्तरीय संयुक्त विजय उत्सव भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा दुवै संघसंगठनका केन्द्रीय , राज्य , नगर र प्राम्भिक समितिका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम शङ्कर परियारको सञ्चालन र कार्यक्रमको अध्यक्षता कटक शाही गरेका थिए  ।

कार्यक्रममा प्रमुख अतिथि चक्र बहादुर मलाती , विशेष अथिती डम्बर रावल रहेका थिए ।

कार्यक्रममा सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण पछि नेपालको रास्टिय गीत  बजाईएको थियो भने  माधव बेलबासेले   स्वागत मन्तव्य राखेका थिए ।  प्रमुख अतिथि र विशेष अतिथिद्वरा दीप प्रज्जलन गरिएको थियो  ।

 सुरेन्द्र देवकर , गिरिराज बेलबासे , मोहन देवकर , कृष्ण सोडारी , शिव प्रसाद महत , टेक रावल , ललित बिक , वसन्त राज अधिकार , भीम ब. भण्डारी , टेक ब. ताम्राकार , रतन देवकर , प्रेम खड्का , मदन मलाती रुद्र राकसकोटी , राधा रावल आदिको आतिथ्यता  रहेको थियो ।

अतिथिहरुको सम्मान तारादेबी राहाडी र बिन्देस्वरी भण्डारीद्वारा गरिएको  थियो ।कार्यक्रममा विभिन्न तहका नेताहरूले अब कसैले रोकेर पनि नेपालको बाम एकता नरोकिने र प्रवासमा पनि हाम्रो दुवै सङ्गठन एक जुट भएर अगाडि बढ्ने मा जोड दिँदै विजय भएका प्रतिनिधि र प्रदेश सभाका नेताहरूलाई शुभ कामना दिए ।

प्रनेस भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समितिका उपाध्यक्ष प्रेम भट्टराई (रास्ट्रप्रेमी) लाई कैलाली १ को लागि दुवै संघसंगठनका महासचिवहरुले प्रमाणपत्र सहित दोसल्लाद्वारा विदाई गरेका थिए  ।