मुल्यवृद्धिलाई लिएर निमार्ण ब्यवसायीहरु आन्दोलित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मुल्यवृद्धिलाई लिएर निमार्ण ब्यवसायीहरु आन्दोलित



बुटवल । अप्रत्यायिक रुपमा निमार्ण सामग्रीको मूल्य वृद्धिलाई लिएर नेपाल निमार्ण ब्यवसायी महासंघमा आवद्ध लुम्बिनीका ब्यवसायीहरुले आन्दोलतका कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन । विरोधका कार्यक्रम अन्तरगत आकस्मिक पत्रकार सम्मेलन, जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने पहिलो चरणमा कार्यक्रम रहेको संघले बताएको छ ।

आफनो समस्याको सुनुवाई नभए दोस्रो चरणमा निमार्ण सामग्री ब्यवसायीहरुले गरेका आन्दोलनप्रति एकबद्धता जनाउदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको रुपन्देही निमार्ण ब्यवसायी संघका अध्यक्षका टोप बहादुर रायमाझीले बताए । दोस्रो चरणको आन्दोलनमा सरोकारवालाहरुलाई सबैलाई एकवद्धताका लागि आग्रह गर्ने उनको भनाई छ ।

सिमेन्ट र छडको मुल्य उद्योगहरुले बढाएको भन्दै रुपन्देही सिद्धार्थ हाटवयर व्यवसायी संघ आन्दोलनमा छ। ।लुम्बिनी अञ्चलमा १५ सय र देशभर रहेका १२ हजार पाच सय बढि निमार्ण ब्यवसायीहरु आन्दोलनमा उत्रने उनले बताए ।

अहिले बजारमा प्रतिबोरा सिमेन्टमा १ सय ५०, छडमा १५ रुपैया प्रतिकेजी मुल्यवृद्धि भएको छ भने एकहजार ईट्टामा दुई हजारका दरले वृद्धि भएको छ ।

यसैगरि सडक पिचका लागि आवश्यक पर्ने बिटयुमिन(अलकत्रा) मा समेत प्रतिकेजी ८ रुपैयाले वृद्धि हुदा प्रत्यक्ष रुपमा निमार्ण ब्यवसायीहरु समस्यामा परेको बुटवल निमार्ण ब्यवसायी संघका शाखा अध्यक्ष जमिन कक्षपतिले बताए ।

गुल्मी ब्यवसायी संघका अध्यक्ष नारायण पोखरेलले समस्याको समाधान नभए सम्म आन्दोलन जारी राख्ने बताए ।