मूल्यवृद्धि विरुद्ध इ.अ.स पश्चिमाञ्चल क्याम्पसमा राके जुलुस - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मूल्यवृद्धि विरुद्ध इ.अ.स पश्चिमाञ्चल क्याम्पसमा राके जुलुस



वर्तमान सरकारले अवैधानिक तरिकाले गरेको मुल्यवृद्धि कारण नेपाल विद्यार्थी सङ्घ , इ.अ.स पश्चिमाञ्चल क्याम्पस , पोखराले  बुधवार साँझ राके जुलुस निकालेको छ ।

इकाइ सभापति अमन भुसालको नेतृत्वमा, ने.बि.सङ्घ पश्चिमाञ्चल क्याम्पस संरक्षक तथा कास्कीका जुझारु विद्यार्थी नेता अञ्जान जङ्ग थापाको प्रमुख आतिथ्यमा ,नेपाल विद्यार्थी सङ्घ कास्कीका विद्यार्थी नेता पशुपति भटराइ , विद्यार्थी नेता विनय पौडेल लगायतको नेतृत्वमा राके जुलुस क्याम्पसबाट लामाचौर चोक सम्म निकालेर  क्याम्पस मै आई  कोण सभामा परिणत भएको थियो ।

के.पी ओली सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिका कारण जनताको ढाड सेकेको छ । सरकारले गरेको गतिविधिले गर्दा यस सरकारले अधिनायकवाद ल्याउन खोजेको छ सभापति भुषालले भने ।

यस अघि पनि मोदी नेपाल आएको बेला, लम्पसारवादी सरकार विरुद्ध भारतका सांसद  कृति आजातको टुइट को बारेमा समेत ने.बि.सङ्घ , पश्चिमाञ्चल क्याम्पस विरोधमा उर्लिएको थियो।तस्बिर विनोद पाण्डे