मुलुकलाई समाजवादी क्रान्तिको दिशामा लैजादा दलालहरु तर्सेर म माथि आक्रमण गर्न थाले:शर्मा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मुलुकलाई समाजवादी क्रान्तिको दिशामा लैजादा दलालहरु तर्सेर म माथि आक्रमण गर्न थाले:शर्मा



काठमाडौं/कात्तिक २४ 

प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले आफुले मृत्युलाई जितेर आएको वताउदै बम हान्दैमा आफु नतर्सिने वताउनुभएको छ ।

वामएकताको सहजीकरण गरेर मुलुकलाई समाजवादी क्रान्तिको दिशामा लैजादा दलालहरु तर्सेर आफुमाथि आक्रमण गर्न थालेको उहाँको भनाई छ । सानीभेरी गाँउपालिकाको सिम्लीमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य समेत रहेका प्रभाकरले क्रान्तिको दिशामा अगाडि वढ्दा यस्ता चुनौति आईलाग्ने वताउनुभयो । उहाँले जनताको वलमा यस्ता चुनौतिको सामना गर्ने वताउदै यस्ले आफुलाई अझै जनताप्रति उत्तरदायी वनाउने वताउनुभयो ।

उम्मेद्धार प्रभाकरले जिल्लाको विकासका क्रममा अहिले सम्म ७७० किलोमिटर सडक निर्माण, १ मेघावाट विद्युत उत्पादन, राष्ट्रिय विद्युत प्रशारण लाईनको पहुँच लगायतका काम सम्पन्न भएको वताउनुभयो । उहाँले संक्रमणकालमा भएको यो प्रगति रुकुमको समृद्धिका लागि जग भएको वताउदै अव विकास निर्माणको अभियान तिव्र वनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । निर्वाचन पश्चात राज्यको तिनवटै तहमा वामपन्थी सरकार संचालन हुने वताउदै नेता प्रभाकरले उत्पादन र विकासको अभियानले गति लिने दावी गर्नुभयो । जनताको आर्थिक जिवन नवदली समाजवाद नआउने भन्दै उहाँले उत्पादनमुलक काममा लाग्न युवाहरुलाई आग्रह गर्नुभयो । आफुले आगामी ५ वर्षको मार्गचित्र तयार पारेको वताउदै स्थानिय सरकारहरुलाई त्यो मार्गचित्र कार्यान्वयन गर्न निर्देशन गर्नुुभयो ।

सभालाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज राजकुमार शर्माले जनमतवाट पराजित दलालहरु अपराधिक कर्ममा उत्रिएको वताउनुभयो । मुलुकको राजनैतिक स्थायित्व र समृद्धि प्राप्तीको अभियानवाट डराएर दलालहरुले हिंसाको सहारा लिएको नेता शर्माको भनाई छ । यसले समाजवादी क्रान्तिको दिशा नरोकिने पनि उहाँले वताउनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका अर्का प्रमुख नेता नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरवहादुर केसीले माओवादी केन्द्र र एमाले विच चुनावी तालमेल मात्र भएको नभई पार्टी एकता सहित निर्वाचनमा होमिएको वताउनुभयो । प्राविधिक कारण तालमेल जस्तो देखिए पनि खासमा पार्टी एकता सहित आफुहरु निर्वाचनमा होमिएको उहाँको भनाई छ । निर्वाचन पश्चात कम्युनिष्ट शक्तिको दुई तिहाई वहुमत पुग्ने दावी गर्दै केसीले मुलुक समाजवादी क्रान्ति तर्फ अगाडि वढेको वताउनुभयो ।

उहाँले नेपालमा कम्युनिष्ट सत्ता स्थापनाको ठुलो संभावना आएको वताउदै उहाँले विगतका झिनामसिना कुरामा नअल्झिना कार्यकर्तालाई निर्देशन दिनुभयो । यथास्थितिवादी शक्तिले अहिले पनि कम्युनिष्ट शक्तिका विरुद्ध ‘फुटाउ र राज गर’को नीती प्रयोग गर्ने कुचेष्टा गरिरहेको वताउदै त्यसतो षडयन्त्र असफल हुने उहाँले वताउनुभयो । नेता केसीले सवै वामशक्ति एकढिक्का भएर निर्वाचनमा होमिनुपर्नेमा जोड गर्नुभयो । रुकुमको विकास र समृद्धिको नेतृत्व गरिरहेका राष्ट्रिय व्यक्तित्व जनार्दन शर्मा प्रभाकरलाई उम्मेद्धारको रुपमा पाउनुु सवै रुकुमेलीको गौरवको विषय भएको उहाँले वताउनुभयो ।

कार्यक्रममा एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज राजकुमार शर्मा, प्रदेश सभा क्षेत्र नं. २ का उम्मेद्धार गोपाल शर्मा अनल, समानुपातिक उम्मेद्धार विमला केसी, चन्द्रवहादुर विक र देवि ओली लगायतले सम्वोधन गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक गायकहरु अमित परियार, तिलक परियार, डिल्ली परियार लगायतले गित मार्फत वामगठवन्धनका उम्मेद्धारहरुको पक्षमा मत माग्नुभएको थियो । सानीभेरी गाँउपालिकाको सिम्लीमा सम्पन्न यो कार्यक्रम पश्चिम रुकुममा वामगठवन्धनको यो छैठौं चुनावी सभा हो । सभाको संचालन पार्टी एकता संयोजन समिति सानीभेरीका नेता धनविरको संचालन र अर्का प्रमुख नेता ऋषिप्रसाद शर्माले अध्यक्षता गर्नुभएको थियो ।