मुखर्जीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी विमानस्थलमै जाने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मुखर्जीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी विमानस्थलमै जाने



१३ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा उनलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जाने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर मुखर्जीको नेपाल भ्रमणको कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रपति भण्डारीको निम्तोमा भारतीय राष्ट्रपति मुखर्जी तीन दिने नेपाल भ्रमणका क्रममा भाइटिकाको भोलिपल्ट १७ गते नेपाल आउने छन् ।

मन्त्रालयका अनुसार मुखर्जीलाई विमानस्थलमा राष्ट्रपति भण्डारी स्वंयमले स्वागत गर्नेछन् । र, मुखर्जीको नेपाल भ्रमणको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीले त्यही दिन शीतल निवासमा नेपाली समकक्षी भण्डारीलाई भेट्ने कार्यक्रम छ । उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलाई भट्ने छन् । साथै प्रधानमन्त्रीले भारतीय राष्ट्रपतिको सम्मानमा डिनर राखेका छन् ।

बिहीबार विहान भारतीय राष्ट्रपति पशुपतिको दर्शन गर्नेछन् । उनी काठमाडौं विश्व विद्यालयको कार्यक्रममा सहभागी हुनेछन् भने उनलाई काठमाडौंमा सम्मान गर्ने कार्यक्रम छ ।

@Source : Onlinekhabar.com