मोटरसाइकल बितरणमा पक्षपात गरेको भन्दै वडा अध्यक्षले लिन मानेनन्  - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मोटरसाइकल बितरणमा पक्षपात गरेको भन्दै वडा अध्यक्षले लिन मानेनन् 



लिलाजंग शाही / बौनिया,कैलाली ।

मोटरसाइकल बितरणमा गाउँपालिका अध्यक्षले पक्षपात गरेको भन्दै वडा अध्यक्षले मोटरसाइकल लिन मानेका छैनन। कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौराले मोटरसाइकल बितरण गर्दा समानरुपमा नगरी कमसल किसिमका मोटरसाइकल दिन खोज्दा वडा न-४ का वडा अध्यक्ष पुरन सिंह बिसि र वडा न- ६ का अध्यक्ष रामकृष्ण चौधरी रन्जितले मोटरसाइकल लिन मानेका छैनन।

बर्दगोरिया गाउँपालिकाले सुबिधा दिन भन्दै वडा अध्यक्षलाई मोटरसाइकल बितरण गरेको थियो।
वडा न- १ का वडा अध्यक्ष जयरुप खतिवडालाई गाउँपालिकाले यमाहा एफ जेड १५० सिसिको करिव २लाख ६५ हजार ९ सय मुल्य पर्ने मोटरसाइकल बितरण गरेको छ भने बाकी वडा अध्यक्षलाई सोही कम्पनिको एस जेड १५० सिसिको करिव २ लाख १९ हजार मूल्य बराबरको मोटरसाइकल बितरण गरेको छ।

गाउँपालिकाले दुई पटक अलग अलग गरि टेन्डर आवहान गरेको त्यसो गर्दा आफुलाई कमसल मोटरसाइकल दिन लागेको भन्दै मोटरसाइकल नलिएको वडा न- ४ का वडा अध्यक्ष पुरन सिंह बिसिले जानकारी दिनुभएको छ। बिसिले भने सबै वडा अध्यक्षको समान हैसियत छ। तर यहाँ पक्षपात गरियो। यसरी हेर्दा ती दुई अलग अलग मोडेलको मोटरसाइकलको मुल्यमा भने ४६ हजार अंतर रहेको देखिन्छ ।

यता गाउँपालिकाले भने एक पटकमा ५ ओटा मोटरसाइकल भन्दा बढीको टेन्डर आह्वान गर्न नमिल्ने भएकोले फरक फरक मुल्यका मोटरसाइकल खरिद हुन पुगेको जनाएको छ।

उक्त बढी मुल्यको मोटरसाइकललाई गाउँपालिकाले आफ्नो कार्यालयको लागि प्रयोग गर्ने र वडा न- १ का वडा अध्यक्षलाई पनि अरु वडा अध्यक्ष सरहकै मोटरसाइकल दिईने योजना रहेको गाउँपालिका उपाध्यक्ष भगवती डगौराले बताईन।

बाकी ४ वडा अध्यक्षले भने यमाहा एस जेठ मोडेलको मोटरसाइकल लगिसकेका छ्न।तस्वीर : फेसबुक बाट