पैसा कार्टुनमा प्याक भएर कार्गोमार्फत सिंगापुर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पैसा कार्टुनमा प्याक भएर कार्गोमार्फत सिंगापुर



काठमाडौं,२४ भदौ ।

नेपालबाट सामान मात्र होइन, हरेक साताजसो बैंक नोटसमेत कार्टुनमा प्याक भएर सिंगापुर जान्छ । गत आर्थिक वर्षमा ३१ पटक यसरी बैंक नोट कार्टुनमा प्याक भएर कार्गोमार्फत सिंगापुर पुगेको राष्ट्र बैंकको अभिलेखले देखाउँछ ।

आर्थिक वर्ष २०७३–७४ मा १२ करोड ५४ लाख २० हजार अमेरिकी डलर बराबरको विभिन्न देशका मुद्रा कार्गोमार्फत नेपालबाट सिंगापुर पठाइएको छ । नेपाली बजारमा खपत नहनुे विदेशी नोटलाई साताको दुईपटक कार्गो गरेर सिंगापुर पठाउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले बताए ।
उनले भने, ‘एक पटकमा बढीमा ५० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा दविदेशी बैंकमा निक्षेप गर्न पठाउँदै आएका छौं ।’  अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।