चीन भ्रमण किन जाँदै छन नरेन्द्र मोदी ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चीन भ्रमण किन जाँदै छन नरेन्द्र मोदी ?



काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिन भ्रमणमा जाने भएका छन् । चिनिया राष्ट्रपति सी  जिनपिङको निमन्त्रणामा सेप्टेम्बर ३ देखि ५ सम्म चिन भ्रमण गर्ने जनाइएको छ ।

 सेप्टेम्बर ३ देखि ५ सम्म आयोजना हुन लागेको ब्रिक्स सम्मेलनको ९ औं श्रृंखलामा सहभागि हुन चीन जाने भएका हुन् ।

ब्रिक्सको ९ औं सम्मेलन चीनको फुजियान प्रान्तको सियानमेनमा आयोजना हुँदैछ । ब्रिक्स सम्मेलन सकाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी म्यानमारको राजकीय भ्रमणको लागि सेप्टेम्बर ५ मा त्यसतर्फ प्रस्थान गर्ने र ७ मा फर्किने जनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको म्यानमारको यो नै पहिलो कुटनैतिक भ्रमण हुनेछ । भ्रमणका क्रममा उनले म्यानमारकी स्टेट काउन्सीलर आङ् सान सुची र राष्ट्रपति उ हिङ् क्याउसँग भेटवार्ता गर्ने तालिका सार्वजनिक गरिएको छ ।