मोदी भ्रमणको विरोधमा माओवादीद्वारा श्रृंखलाबद्ध विष्फोट, दुई सुरक्षाकर्मीको मृत्यु - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मोदी भ्रमणको विरोधमा माओवादीद्वारा श्रृंखलाबद्ध विष्फोट, दुई सुरक्षाकर्मीको मृत्यु



नयाँ दिल्ली । भारतमा माओवादी विद्रोहीहरूले मंगलबार बिहानै गरेको शृंखलावद्ध विस्फोटमा भारतीय अर्धसैनिक बल डिआरजीका दुई जवानको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

विद्रोहीहरूले १४ अप्रिलमा प्रस्तावित प्रधानमंत्री मोदीको भ्रमणको विरोधमा सैनिक जवानहरू रहेको बसमा विस्फोट गराएका थिए। छत्तीसगढ राज्यको बीजापुर जिल्ला अन्तर्गत कुटरु र फरेसगढबीच राजमार्गमा यो विस्फोट गराइएको हो।

घाइते सैनिकमा तीनको हालात गम्भीर बताइएको छ । यस अघि सोमवार मात्रै पनि महादेव घाट जिल्लामा गरिएको यस्तै विस्फोटमा सर्च अप्रेसनमा निस्केको सेंट्रल रिजर्भ पुलिस फोर्सका एक जवान घाइते भएका थिए ।

समाचारहरूमा जनाइए अनुसार विस्फोट पछि विद्रोहीहरूले बन्दुक पड्काएका थिए। घाइते जवानहरूको बीजापुर स्थित अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थल प्रदानमंत्री मोदीको कार्यक्रमस्थल भन्दा ६५ किलोमिटर र बीजापुर जिल्ला सदरमुकाम भन्दा पाँच किलोमिटर टाढा रहेको छ।
घटनाका कारण उहिले उक्त क्षेत्रको आवागमन रोकिएको छ र उक्त क्षेत्रमा दोहोरो भिडन्त जारी छ।

विगत तीन महिनामा सरकारी सुरक्षा फौज र माओवादी विद्रोहीहरूबीचको भिडन्तमा मावोवादी तरफ ठुलो क्षति भयाएको जनाइएको छ। उनीहरूले बस्तर क्षेत्रमा आक्रमण जारी राख्ने चेतावनी दिएका छन्।