चीनबाट फर्केपछि नेपाल भ्रमणकाे टुंगो लाग्ने, मोदीअघि आउँदैछन् यी नेता - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

चीनबाट फर्केपछि नेपाल भ्रमणकाे टुंगो लाग्ने, मोदीअघि आउँदैछन् यी नेता



काठमाडौँ, ११ बैशाख- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित नेपाल भ्रमणबारे चर्चा सुरु भएको छ । मोदीले २७ देखि २९ वैशाखसम्म नेपाल भ्रमण गर्ने कार्यतालिकामा सामान्य छलफल भए पनि अझै निश्चित भइसकेको छैन । भारतीय कूटनीतिक स्रोतका अनुसार २९ वैशाखमा कर्नाटकमा हुने निर्वाचनअघि कि पछि आउने भन्ने टुंगो लाग्न बाँकी छ । यो मितिमा सम्भव नभए जेठको तेस्रो हप्ता मोदीको नेपाल भ्रमण हुन सक्ने बुझिएको छ ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको मिति तय भएको छैन, सञ्चारमाध्यममा आएको मितिको आधिकारिकताबारेमा भन्न सक्ने अवस्थामा म छैन,’ भाजपा विदेश विभागका एक नेताले भने । मोदीको भ्रमणपूर्व भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आउन लागेको ती नेताले बताए । तर, उनको भ्रमणको मिति पनि अझै तय हुन बाँकी छ ।

स्रोतका अनुसार मोदीको भ्रमण २७ देखि २९ वैशाखसम्म हुन सक्ने सम्भावनाका बारेमा नेपाल र भारतका परराष्ट्र मन्त्रालयबीच छलफल भइरहेको छ । मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ भने दोस्रो राजकीय भ्रमण हुनेछ । मोदी १८ र १९ साउन ०७१ मा राजकीय भ्रमणमा आएका थिए भने सोही वर्ष ९ देखि ११ मंसिरसम्म सार्कको १८औँ शिखर सम्मेलनमा नेपाल आएका थिए ।

‘वैशाख २७–२८, २८–२९ वा २७ देखि २९ सम्मको वैकल्पिक मितिबारे हामी छलफल गरिरहेका छौँ, तर प्रधानमन्त्री मोदी शुक्रबार बेइजिङ गएर फर्केपछि मात्रै त्यतिवेला नेपाल भ्रमण गर्ने वा कर्नाटकको चुनावपछि गर्ने भन्ने तय होला,’ भारतीय कूटनीतिक स्रोतले भन्यो । मोदीले नेपाल भ्रमण गरेपछि भुटान भ्रमणमा जाने गरी विदेश मन्त्रालयले कार्यतालिका बनाइरहेको छ, नयाँ पत्रिकामा खबर छ ।