वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएकी बिपना मोडलिङमा जम्दै (फोटो फिचर) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएकी बिपना मोडलिङमा जम्दै (फोटो फिचर)



समीर प्रकाश पाण्डे

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएकी बिपना मोक्तान हिजोआज मोडलिङमा व्यस्त छिन । परदेशमा रहेर पनि नेपाली गीत सङ्गीतका क्षेत्रमा पछिल्लो समय ठुलो योगदान पुर्‍याउन थालिएको छ । यसै क्रममा काभ्रे जिल्लाबाट वैदेशिक रोजगारीका लागि मलेसिया पुगेकी बिपना पछिल्लो समय मोडलिङमा आफूलाई स्थापित गर्न सफल भएकी छिन् ।

काभ्रे जिल्लाको गोकुलेमा जन्मेकी २० वर्षीय बिपनाले प्रवासमै रहेर नेपाली गीत सङ्गीतमा स्थापित हुन सफल भएकी हुन् । उनले अहिलेसम्म आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन । उनको अभिनय कलाका कारण धेरै म्युजिक भिडियोहरुमा उनलाई अफर आउने गरेको बताउछिन ।

राम्रो कलाकार बन्ने सपना बोकेर मोडेलिङ क्षेत्रमा छिरेकी बिपनाले “घामलाई पार्यौ छायाँमा बादल भएर ”बोलको गीतबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन । त्यसपछि“गाउँले भनी छोडेउ क्यारे मलाई, तिम्रो सिन्दूर ”उनका चर्चामा रहेको गीतहरू हुन । बिपनालाई अहिले पनि आधादर्जन म्युजिक भिडियोका लागि मोडलिङ तथा अभिनयका लागि अफर अाईसकेको छ ।