मोडलिङ र व्यवसायमा जम्दै बच्चु ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मोडलिङ र व्यवसायमा जम्दै बच्चु !



दीपक घिमिरे/असार २ 

आफ्नै ब्याबसायमा दिनरात खटेर पनि आफ्नो अलग्गै रुचिमा जम्दै गएका युवा मोडेलको नाम हो रमेश कुमार यादव ( बच्चु ) ।
महोत्तरी जिल्लाको सिंग्याही गाविसमा २०४७ सालमा बुवा सुरेश यादव र आमा सुब्कला यादवको कान्छो सन्तानको रूपमा जन्मेका बच्चु आफ्नो सानै देखिको रुचिलाई निरन्तरता दिन ब्याबसाय सँगसँगै मोडलिङमा पनि हात हालेका छन् । २०६४ सालमा दाङको घोराही आयर मोटरपार्टस अनि वर्कशप सम्बन्धी व्यवसाय सञ्चालन गरे सँगै मोडलिङ तिर पनि समय दिन थालेको उनी बताउछन ।

“ सानै देखिको रुचि हो मोडलिङ , नाच्नु नचाउनु अनि क्यामरामा देखियर आफ्नै भिडियो बनेको हेर्ने ठुलो रहर पालेर बसेको थिए । ” बच्चुले बताए । उनले भने “ ब्याबसाय सँगसँगै दाङको घोराहीमा बस्न थालेपछी व्यवसायबाट मिलेको फुर्सदमा मोडलिङ तिर दौडिने गरेको छु । ”
घोराही उप-महानगरपालिका -१५ बस्ने बच्चु राष्ट्रिय कलाकारले गाएका करिब एक दर्जन म्युजिक भिडियोमा आफ्नो दक्ष अभिनय देखाईसकेका छन् । गीत सङ्गीत र अभिनय भनेपछी हुरुक्कै हुने बच्चु आफूले अभिनय गरेका म्युजिक भिडियोहरु युटुब मार्फत सार्वजनिक हुँदा जीवनको अर्को सफलता मिलेको बताउछन ।

“ मैले अभिनय गरेका भिडियोहरु आफ्ना अनि आफन्तले हेरेर तारिफ गरिदिदा निक्कै खुसी लाग्छ ।” बच्चुले बताए । उनले भने “ जीवन रहदा सम्म सङ्गीत र यो सँग सम्बन्धित मोडलिङ छाडने छैन ।” मोटर पार्टस र वर्कशप व्यवसायआफैमा झन्झटिलो र समय दिनुपर्ने ब्याबसाय हो । तरपनी आफ्नो रुचिको अगाडि कसैको केही लाग्दैन भन्ने उदाहरण हुन बच्चु । अलिकति मिलेको फुर्सदमा थकान महसुस नगरी अभिनय सिक्न र कम्मर मर्काउन थालिहाल्ने गरेको बताउछन बच्चु । “ दिनभरको थकाई एकातिर हुन्छ तर आफ्नो सानै देखिको रुचिलाई कसरी भुल्न सक्छु र ? घर आईपुग्ना साथ ऐनाको अघिल्तिर उभियर अभिनय गर्छु अनि विभिन्न लोकदोहरी अनि आधुनिक गीतमा कम्मर मर्कायर आफ्नो अभिनय कलालाई तिखार्ने गरेको छु ।” बच्चुले बताए ।

घोराही लगायत दाङ जिल्ला भित्र नाम कहलिएका मोटरपार्टस तथा वर्कशप व्यवसायी बच्चु जिल्ला भित्रका मोटर व्यवसायी र सवारी धनीका लागि नौलो नाम पक्कै होइन तर उनले लुकाएको छुट्टै पहिचान भने सबैलाई थाहा छैन । “ मलाई एउटा राम्रो मोटर मेकानिक भनेर सबैले चिन्छन तर राम्रो मोडेल पनि हो भनेर कसैले चिन्दैनन । म मोडलिङको क्षेत्र बाट पनि सबैतिर चिनिन चाहन्छु ।” बच्चुले भने । उनले हास्दै भने “ क्या हेन्सम छौ भनेर सबैले भन्छन् , मोडलिङ तिर लाग्न सबैले सुझाव दिन्छन तर यो पनि मोडेल हो , मोडलिङ क्षेत्रमा लागेको मान्छे हो भन्ने धेरैलाई थाहा छैन । म मोडलिङमा पनि छुट्टै पहिचान बनाउन चाहन्छु ।”