रेमिटान्सले देश चल्ने, उपहार पठाएका मोबाइल नचल्ने ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रेमिटान्सले देश चल्ने, उपहार पठाएका मोबाइल नचल्ने ?



कर्ण अधिकारी।
नेपालको राजनीति बृतमा आजकल सरकारका मन्त्रीहरूले कल्पना नै गर्न नसकिने कुराहरू मिडियामा गर्दैछन।कोही नेपालको पानी खाडीमा बेच्छु भन्छन् त कोही टनका टन सुन नेपाल भित्रिएको छ भन्छन् भने कोही राज्यको ढुकुटीमा १ पैसा पनि छैन राष्ट्र दयनीय अवस्थामा छ भन्छन् आखिर कुरा बुझ्नै गारो भो यिनीहरू आफ्नो लोक प्रियताका लागि कुर्लेका हुन की साँच्चै हो केही आधार छैन।

केही दिन अगाडी सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बिदेशीएका ६० लाख भन्दा बढी नेपालीको आत्मालाई चोट पुराउँदै कठोर शब्दमा बिदेशीएका नेपालीहरूले आफन्तलाई पठाएको उपहार स्वरूपको मोबाइल फोनमा प्रति बन्ध लगाउने रे। आखिर किन?

केही वर्ष अगाडी नेपालमा सुन तस्करीको बिगबिगी बढे सँगै बिदेशीएका नेपाली श्रमिकहरूलाई काँचो सुन १ लाल पनि ल्याउन नदिने भनी सरकारबाट निर्णय गरिए सँगै खाडी मुलुकमा काम गरेर स्वदेश फर्किएका निर्दोष नागरिकहरूलाई कानुनी कठघरामा उभिन बाध्य पारियो।यो नियम लगाए पनि सुन तस्करीमा कुनै कमी आएन।त्यो त सरकार द्वारा बिदेशीएका श्रमिकहरूलाई दु:ख दिने काम गरिएको थियो।

आज त्यसरी नै सञ्चार राज्य मन्त्रीले पनि आफ्नो शक्ति त्यही बिदेशीएका श्रमिक माथि नै प्रयोग गर्ने तयारीमा छन्।नेपालको वर्तमान राजनीति अवस्थाका बारेमा तपाईँ हामी सबै जानकार छौ। राज्यमन्त्रीको यो अभिबक्ति प्रति घोर भर्त्सना गर्दछु। उहाँको भनाइमा नै केन्द्रित हुने हो भने विदेशबाट पार्सल स्वरूप पठाएको मोबाइल चल्न नदिई वार्षिक ५ अरब राजश्व बचाउने रे। कुरा सुन्दा पनि हाँसो लाग्छ विदेशी कम्पनी एनसेलले विगत लामो समय देखि राज्यलाई तिर्नु पर्ने खर्बौको राजश्वका बारेमा मूक दर्शक बन्ने नेपाल सरकार बाध्यता र विवशताले बिदेशीएका नागरिकहरू माथि दाग धर्नु उपयुक्त होला र ?

नेपालमा विभिन्न मोबाइल कम्पनीको डिलर राखेर व्यापार व्यवसाय गर्दै आएका व्यापारीको गोदाममा छापा मार्नु होस त्यहाँ कति अनाधिकृत रूपमा लुकाएर राखेका मोबाइल छन्।कति नेपालका नेताहरूले त्यही डिलरले उपलब्ध गराई दिएका मोबाइल बोकी रहेका छन्। अलि कति बिचार पुर्‍याएर बोल्नु पर्ने पनि हो किन आखिर नियम कानुन असहाय र कम्जोर माथि लगाउनु हुन्छ।यदि सक्नु हुन्छ भने अनाधिकृत रूपमा नेपाल भित्राई रहेका डिलरहरूलाई कानुनी दायरामा ल्याउनु होस।

सुनौलो भविष्यको परिकल्पना गर्दै बिदेशीनेले परिवारलाई खुसी दिन्छु भन्दै पठाएको मोबाइलमा नै बन्देज लगाउने हो भने तिनीहरूको आत्मामा कति चोट पर्ला।हुन त मन्त्रीहरूले आफूले मन्त्रालय सम्हाले पश्चात् केही नयाँ दिन खोज्छ नै त्यसकै उदाहरण हुन सक्छ राज्यमन्त्री। जनताको भावनामा चोट पुराउनु भन्दा पहिले आफैले मनन गर्दा राम्रो।कोही पेन्सन हटाउने रे,कोही मुग्लिन नारायण घाट सडक मार्ग जेठ महिना भित्र पुरा गर्ने रे कोही मेलम्चीको पानी १५ दिनमा काठमाडौँ झार्ने रे कोही १ वर्ष भित्र मनोरेल कुदाउने रे कोही जेठ भित्र पुरै खाल्डा खुल्डी पुर्ने रे हैन हो के पारा हो यिनीहरूको कमसेकम हुने र पत्याउने कुरा पनि गरौँ न। विकास जादुको छडी होइन। द्वापर युगमा श्रीकृष्णले विश्वकर्मालाई सुदामाको बस्ती बनाउन लगाए झैँ।त्यस कारण महोदय कुराहरू बोल्दा बिचार पुराएर बोल्नु होस यहाँ मुख होइन जनतालाई काम चाहिएको छ।